एक खेलाडीकाे भाेट
- चेतन अाङथुपाे
अाज सम्म कुनै पनि पार्टीलाई भाेट नखसालेकाे युवा खेलाडी चन्द्र ब: राई (३४) चुलाचुली गाउँपालिका-४ निबासी हुन । स्थानीय तहकाे चुनाव नजिनन्दै गर्दा गाउँमा युवाहरूकाे चहलपहल जताततै देखिन थालेपछि, उनलेे भने," भाेट लिने केही नदिने नेताहरूको नियत रहेकोले पार्टी मन पर्दैन ।" शक्ति र सामर्थ्य काे अाशास्वनमा
युवाहरूलाई पेट्रोल र पकेट मनीमा प्रयोग गर्ने त्यहि युवालाई साह्रो गाह्राे पर्दा केही गर्ने नचाहने नेताहरूलाई फेरि भाेट लगाउनु भनेकाे पार्टीलाई उचालनु हाे, युवाले अाफ्नै भविष्यमाथि घात गर्नु हाे, अरेकाे राजनीतिक गर्ने पाका नेता, पार्टी भन्दा सक्षम युवा प्रति भाेट समर्पित हुनु पर्ने देखिन्छ, किनभने अाईटीकाे समय हाे, प्रविधि सपै पुराना र पाकाहरूकाे पाैवजमा हुन नसकने भएकोले युवा नेतृत्वलाई मतदाताहरूले प्राथमिकतामा राख्नु पर्ने उनकाे बुझाई छ । उनी अाफै भन्छन, अाफु कुनै पनि पार्टीकाे समर्थन नलिएको स्थानीय चुनावबारे बुझन नचाहेको वताए ।
खेलकुदलाई नै पेसा र जीवन मान्दै अाएका चन्द्र ले कहिल्यै विदेश जाने मन गरेन, विदेसमा बसेर अाउने साथीहरूकाे नाजुक स्थितिले उनकाे मन नै मरने गरथ्याे, अाफनै देश र ठाउँमा मेहनत गरे जे पनि गर्न सकिने साेच चन्द्रमा यसरी परिवर्तन हुन पुग्याे ।
उनकाे परिवार नै लाहुरे खानदान रहेकाले । उनलाई विटिस भर्ति जाने सपनाकाे पहाडले चुलाई रहयाे । त्याे समय एसएलसी पास भएपछि बिटिस भर्ति हुन याेग्यता काफि थियाे । धरान, पाेखराका टुडिखेलमा दाैडन, छाति, कम्मर नाप्पन उनकाे लागि पानी पँधेरा जस्तै हन पुग्याे, तर उनी धेरै पटककाे प्रयासमा पनि लाहुरे बन्न सकेन । बरू खर्च ले जिर्ण बनाउँदै थियाे । उनले भारतीय र नेपाली सेना मा समेत भर्ति हुन मन गरेन ।
झापाको दमक-१० देवकोटा चाेक अासपास बुबाले "सेपी नुडल्स" फ्याक्टी संचालन गर्नु हुनथ्याे,परिवारलाई केही समय त्यहि काममा सहयोग गरयाे, २२ बर्ष सम्म फ्याकट्री चल्याे, परिवारमा दाजुभाइ लाखापाख हुन थालेपछि बन्द गर्नु बाध्य भयाे । बुबा-अामा गाउँमा फर्किए उनीलाई भने खेलकुद प्रतिकाे इच्छाशक्ति ले झापाको दमकमा राख्याे ।
चन्द्र राई लाई बाल्यकालकाे नाेस्टालिजले अाफुले के गर्ने निर्णयमा पुरयायाे । १२ बर्षकाे हुँदा गाउँमा अग्रज खेलाडी कमिक राईले सिताेरिया कराते प्रशिक्षण गराउँदा प्रशिकक्षार्थीलाई जुदाउने, कराउन लाउने खेलकाे दृश्य उनले खेतकाे काल्लामा बसेर हेरेका थिए, उनलाई खेल के हाेला ? खत्रा नै हाेला । भन्ने साेच बढन थालेपछि, खेलकुद प्रति इच्छाशक्ति बढ्न थाल्याे ।
िसताेरिया करातेका भुपु गुरु सम्बन्धले काका पर्ने झापाका राम चाम्मलिङ संग भेट हुन पुग्याे, उहाँकै सल्लाह र सहयाेगमा २०५४ सालतिर गाउँबाट चाैधरी साइकल हाकेर दमकमा सितोरियो करातेका प्रशिक्षण लिन १२ मिनेटमा पुग्ने गर्थे। खेल खेल्दै जादा सन् २००० तिर ब्लेक बेलट गरे, सन् २००७ मा थ्रि डान बने, सन् २००९ मा ए ग्रेड रेफ्री बने, नेपालमा राष्ट्रियस्तरका सितोरियो करातेका रेफ्री भएर काम गर्ने सफल बने । यहि समयकाे बीचमा उनले १७ बर्ष " दमक डाेजाे" मा प्रशिक्षण गराएकाे थियाे । उनले प्रशिक्षण गराएका दर्जन बढी खेलाडीले राष्ट्रिय,अन्तराष्टिय देशका िसताेरियाे कराते खेलमा च्याम्पेन,स्वर्ण, पदक जितेका छन ।
यतिवेला फ्राे डान क्यानिडेट बनेका चन्द्र भन्छन, " फ्राे डान पूरा खेल गर्न विदेश जानुलाई खर्च धेरै लाग्छ, अाफुमा शरिरकाे वजन वढेकाले त्यसमा पनि सम्भव छैन ।"
नेपाल र भारतका दार्जिलिङ, दिल्ली, सिकिम लगायत विभिन्न ठाउँमा पदक जिति सकेका उनी तीन बर्ष यता गाउँमा रहेर नयाँ पुस्तालाई खेल र खेलकाे राष्ट्रिय नारा " स्वास्थ्यकाे लागि खेलकुद राष्ट्रियकाे लागि खेलकुद" जुनै उमेरकाले दैनिकी १ घण्टा पसिना अाउने गरि कसरत गरे खुसी र स्वास्थ्य रहेर जीवन बाँच्नु सकने सन्देश दिईरहेका छन ।
हाल गाउँमा २५ जना प्रशिकक्षार्थीलाई प्रशिक्षण गराईरहेका चन्द्र भन्छ, "खेल नै जिन्दगी हाे, त्यसैले अाउने पुस्तालाई खेलबाट नाम उच्च राख्न र स्वास्थ्य रहनकै लागि खेलमा प्रेरित गराईरहेकाे छु ।"
खेलमा अार्थिक शुन्य हुनेभएपछि अार्थिक क्रान्ति ल्याउन उनले ५ लाख लगानी मा ट्रर्की चरा पालन र हाम्रो पसल नामकाे किराना पसलमा अाफनाे लगनशीलता खर्चिरहेका छन । उनका पसलमा उपभोक्त लाई चाँहिने उपभाेग्य सामानहरू पाईने भएकाले उनकाे पसललाई गाउँमा मिनी डिपार्टमेन्ट भन्ने गरेका छन ।
मिठाे हँसाई, मन सफा र लगनशील युवा खेलाडी चन्द्रले जस्तै स्थानी चुनाव जनताकै हितमा काम गर्ने स्वच्छ छवि, पारदर्शी काम गर्ने युवालाई पार्टी, जाति र नेता भन्दा माथि राखेर मतदान गर्ने हाेकी ?