गत बैसाख ३० गते सम्पन्न स्थानिय तह को निर्वाचन मा इलाम जिल्ला को माङ्गसेबुङ गाउ पालिका मा २ जना जना उम्मेद्वार हरु निर्बिरोध निर्वाचित भएका छन भनें ८ जना उम्मेद्वार हरु को जमानत जफत भएको छ ।
माङ्गसेबुङ गाउ पालिका मा रहेका ६ वटा वडा का ७५ जना उम्मेद्वार हरु मध्य वडा नं ५ कि ४७ बर्षिय महिला सदस्य तिलरुपा सवेहाङ्ग र वडा न ६ कि ५१ बर्षिय दलित महिला सदस्य धन कुमारी बि. क. निर्विरोध निर्वाचित हुनु भएको छ भनें नेकपा एकिकृत समाजवादी पार्टी का ५ जना, रा. प्र. पा. का १ जना, मंगोल नेसलन अर्गनाइजेसन का १ जना र स्वतन्त्र १ जना गरी जम्मा ८ जना उम्मेद्वार हरु को थ्रेस होल्ड मत प्राप्त नभएका कारण जमानत जफत भएको छ ।
गाउ पालिका अध्यक्ष मा नेकपा एमालेका हेमन्त राइ ५१.११% मत (३८१८ मत) सहित बिजयि हुनु भएको छ भनें नेपाली कांग्रेस का उम्मेद्वार डिकेन्द्र इदिङ्गो ४७.७0% मत (३४९५ मत) प्राप्त गरी पराजित हुनु भएको छ भनें अर्का अध्यक्ष का प्रत्यासी मंगोल नेसनल अर्गनाइजेशन का प्रेम राज गुरुङ को 0.१९% मत ( १४ मत) प्राप्त गर्दा वहाँ को भने जमानत जफत हुन पुगेको छ । माङ्गसेबुङ गाउ पालिका मा अध्यक्ष पद का मा जम्मा ७३२७ सदर मत खसेको हो । बजयी राई गत २०७४ को को स्थानिय निर्वाचन मा ३१८१ मत ल्याएर पराजित हुनु भएको थियो भनें नेपाली कांग्रेस का डिकेन्द्र इदिङ्गो ३७५९ मत ल्याएर बिजायि हुनु भएको थियो ।गाउ पालिका उपाध्यक्ष पद मा जनता समाजवादी पार्टी का बिनोद कुमार ने म्वाङ्ग ५५.0४% मत (३७२९ मत) प्राप्त गरी बिजयि हुनु भएको छ भनें नेकपा एमाले कि सुनिता सुब्बा ४४.९६% मत (३०४६ मत) प्राप्त गरी पराजित हुनु भएको छ ।माङ्गसेबुङ गाउ पालिका को उपाध्यक्ष पद मा जम्मा ६७७५ सदर मत खसेको हो । पराजित एमालेकी उम्मेद्वार सुब्बा गत ७४ को स्थानिय निर्वाचन मा सोही पार्टी बाट उपाध्यक्ष मा ३0८९ मत ल्याएर बिजयि बन्नु भएको थियो ।क्त गाउ पालिका मा रहेका ६ वटा वडा को वडाध्यक्ष पद का लागी १५ जना उम्मेद्वार हरु को उम्मेद्वारी रहेको मा नेकपा एकिकृत समाजवादी पार्टी को ३ नं. वडा वडाध्यक्ष का प्रत्यासी देवाहाङ्ग राइ को ४.९३% मत (७४ मत) प्राप्त भएर जमानत गुमेको छ भनें ५ नं. वडा को वडाध्यक्ष नरेन्द्र कुमार राइ को सबै भन्दा धेरै ७८.५९% मत (८३७ मत) प्राप्त भएको छ ।११ जना को उम्मेद्वारी रहेको दलित महिला सदस्य पद मा वडा नं ५ मा नेपाली काँग्रेस कि उम्मेद्वार अमृता बि. क. को सबै भन्दा थोरै १७.0२% मत (१७७ मत) प्राप्त भएको छ भनें सबै भन्दा धेरै वडा नं ५ कै रास्ट्रीय जनमुक्ती पार्टी कि गंगा माय बि. क. को ८२.९५% मत (८६३ मत) प्राप्त भएको हो ,उक्त पद मा सबै भन्दा कम उमेर कि २४ वर्षिय रास्ट्रीय जनमुक्ती पार्टी कि गंगा माय बि. क. बिजायि हुनु भएको छ भनें सबै भन्दा धेरै उमेर कि ५१ बर्षिय धन कुमारी बिक ६ नं वडा मा नेकपा एमाले को तर्फ बाट बिजायि हुनु भएको छ र उनि उक्त पद मा निर्बिरोध निर्वाचित भएकी हुन ।त्यसै गरी १२ जना को उम्मेद्वारी रहेको महिला सदस्य पद मा वडा नं ५ कि रास्ट्रीय जनमुक्ती पार्टी कि तिलरुपा सवेहाङ्ग निर्बिरोध निर्वाचित हुनु भएको छ भने नेकपा एकिकृत समाजवादी को तर्फ बाट उम्मेद्वार बनेकी संगिता राइ को ७.५0% मत (९१ मत) प्राप्त गर्दा वहाँँ को जमानत जफत भएको छ ।त्यसै गरी वडा सदस्य पद का लागी ३0 जना को उम्मेद्वारी रहेको थियो भनें थ्रेस होल्ड मत प्राप्त गर्न नसक्दा ५ जना को जमानत जफत भएको छ । जमानत गुम्ने हरु मा नेकपा एस का तर्फ बाट २ नं वडा सदस्य तान्छोहाङ लावती , २ नं कै रा प्र पा का नारायण प्रसाद काफ्ले , नेकपा एस का ३ नं वडा सदस्य मन बहादुर लिम्बु र दोर्ण राज लिम्बु र ५ न वडा का स्वतन्त्र उम्मेद्वार आइत योङहाङ रहनु भएको छ ।इलाम टाइम्स बाट साभार
माङ्गसेबुङ मा ८ जना उम्मेद्वार हरु को जमानत जफत , २ जना निर्विरोध निर्वाचित
प्रकाशित मिति: 6/10/2022 10:22:00 AM

0 comments: