सामुदायिक विद्यालयमा आधुनिक मन्टेश्वरी

कक्षाकोठा भित्र गुणस्तरीय कार्पेट ओछ्याइएको छ । कोठाको एकातिर भित्तामा मन्टेश्वरीमा अध्ययन गराइने खालका खेलौनादेखि अन्य सिकाइमा प्रयोग हुने सामाग्री सजाइएको छ । यसभित्र बालबालिकाहरु आ–आफ्नै सुरमा खेली रहेका छन् । यहाँ उनीहरु खेलेका मात्र होइनन्, खेलेर नै सिक्ने नयाँ सिकाईको अभ्यास गर्न थालिएको छ । यस्तै अभ्यास गर्दै अहिले झापाको दमकमा रहेका सामुदायिक विद्यालयका बाल कक्षाहरु अत्याधुनिक सुविधासम्पन्न बनाइएका छन् । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएको र बालबालिका तथा अभिभावकको निजी विद्यालय प्रति आर्कण बढीरहेको अवस्थामा दमक नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन नयाँ योजना अघि बढाएको हो । सामुदायिक विद्यालयको बाल कक्षादेखि नै सुधार गर्न थालिएको छ । दमक नगरपालिकाकी उपप्रमुख तथा शिक्षा समितिकी संयोजक गीता अधिकारीले नगरभित्रका हरेका सामुदायिक विद्यालयमा बालबालिकाका लागि खेल सामग्री, मन्टेश्वरी टुल्स सहित शैक्षिक सामग्री तथा भौतिक संरचनामा समेत सुधार गर्न थालिएको जानकारी दिइन् । खासगरी निम्न आर्थिक अवस्था भएका बालबालिकालाई गुणस्तरीय शिक्षा लिन सहज भएको छ । बालबालिकालाई शिक्षामा सुधार भएको विश्वास अभिभावकहरुलाई सामुदायिक विद्यालय प्रति आकर्षित गर्न नयाँ योजना ल्याइएको संयोजक अधिकारीको भनाइ छ । यही अभियान अन्तर्गत दमक नगरपालिका भित्रका ३८ वटा सरकारी विद्यालयमा यस्तो कक्षा सञ्चालन गरिने छ । त्यसमध्ये पहिलो चरणमा १६ वटा विद्यालयमा भने यस्ता कक्षा सञ्चालन भइसकेको संयोजक अधिकारीले जानकारी दिइन् । दमक नगरपालिकामा जम्मा २१ वटा सरकारी विद्यालय रहेका छन् । नगरपालिकामा सूचीकृत भएअनुसार ६८ वटा निजी विद्यालय रहेका छन् । दमक–५ मा रहेको दिपिनी आधारभूत विद्यालयमा समेत अत्याधुनिक बाल कक्षा सुरु गरिएको छ । बाल कक्षाकोठामा आउने बालबालिकालाई कक्षाकोठा भित्र नै आकर्षण गर्न बिभिन्न प्रकारका खेलौना र अन्य शैक्षिक सामाग्री राखिएको छ । कक्षाकोठा समेत अन्य सामुदायिक विद्यालयको भन्दा आधुनिक निर्माण गरिएको छ । कोठाको सजावट गरेर आकर्षक बनाइएको छ । नयाँ खालका सामग्रीले बालबालिका पढाउन हामी आफँै पनि उत्साही भएका छांै ।’ सोही विद्यालयमा बाल कक्षा पढाउने शिक्षिका बालकुमारी अधिकारीले बताइन् । ‘बालबालिका त खेलौनाका सामग्री हेरेर र खेलाएरै मख्ख हुन्छन् ती नै सामग्रीलाई पालैपालो गरेर एक÷एक जनालाई समाउन दिँदै हामी पढाउँदै छौँ ।’ नयाँ शैक्षिक सत्रदेखि सबै सरकारी विद्यालयमा सु्रु गर्ने योजनाका साथ करिव डेढ करोडको टेण्डर भइसकेको छ । विद्यालयका शिक्षिकाहरुलाई ल्याव सम्बन्धी तालिम समेत दिइएको छ । बालबालिकालाई खेलमार्फत् नै पढाउँदा कक्षाकोठा भन्दा बाहिर ध्यान जाँदैन ।‘पहिला चकचक गर्ने केटाकेटीहरु पनि अहिले खेलाउने सामग्री पाउँदा चकचक नगरी कक्षा कोठामै बस्छन् । मन्टेश्वरी कक्षाका सामग्रीले बालबालिकालाई कक्षा कोठामा नै टिकाइराख्न गतिलो माध्यम भएको छ । बालबालिका कोठामा पस्ने वित्तीकै त्यहाँ राखिएका खेलसामाग्रीमा झुमिन्छन् । सामुदायिक विद्यालयमा राम्रो ख्याल गरिँदैन, पढाउनेहरु जिम्मेवार हुँदैनन् भन्ने मानसिकतमा परिवर्त आउन थालेको छ । त्यतिमात्र होइन, सामुदायिक विद्यालयमा मन्टेश्वरी शिक्षालाई निरन्तरता दिने हो भने अभिभावकले महंगो शुल्क तिरेर निजी मन्टेश्वरीमा जाने दिनको अन्त्य हुने छ । ’ दमक नगर भित्रका ३८ वटा सामुदायिक बाल केन्द्र छन् । जसमध्ये यस शैक्षिक सत्रमा १६ वटा बाल केन्द्रमा प्रति बाल केन्द्र १ लाख ५० हजारका दरले विद्यालयमा मन्टेश्वरी ल्याव स्थापना गरिएको छ । बाँकी रहेका नगरभित्रका सबै सरकारी विद्यालयमा चालु आर्थिक वर्षभित्रमा मन्टेश्वरी कक्षा सञ्चालन गरिने योजना रहेको छ । दमकमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नगरले बहुवर्षे योजना समेत बनाएको छ । कक्षा ५ सम्म शैक्षिक स्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी काम सुरु गरिएको छ । नगरको यो अभियानले अब गरिब बालबालिकाले समेत निःशुल्क गुणस्तरीय शिक्षा लिन पाउने भएका छन् ।साभार पूर्व सन्देश

सेयर गर्नुस्

0 comments: