युक्रेनमा शान्तिको कामना गर्दै बौद्धमा दीप प्रज्ज्वलन

युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा काठमाडौंमा बिहीबार दीप प्रज्ज्वलन गरिएको छ । नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुले युक्रेनको समर्थनमा साँझ बौद्ध स्तूपमा दीप प्रज्ज्वलन गरेका हुन् । कार्यक्रममा केही युक्रेनी नागरिक पनि सहभागी थिए । उनीहरुले शान्तिको कामनासमेत गरेका छन् । कार्यक्रममा बौद्ध भिक्षुसहित अमेरिका, जर्मन, फिनल्यान्ड, स्वीसलगायत देशका राजदूत र नेपालस्थित नियोगका कूटनीतिज्ञहरुको सहभागीता थियो । तर, भारत र चीनका राजदूत भने सहभागी थिएनन् । युक्रेनमा जनवरी २४ देखि रुसले लगातार आक्रमण गरिरहेको छ ।

सेयर गर्नुस्

0 comments: