काग्रेसबाट इलाम नगरपालिकामा थापा, सर्मा र देवान मेयरका दाबेदार

निर्वाचनको मिति नजिकदै जाँदा चुनावी चर्चा चुलिदै गएको छ । अझ सत्तारुढ गठबन्धन दलका विषयमा पनि चर्चा उत्तिकै छ । यही गठबन्धन चुनावसम्म कायम रहने र चुनावी मैदानमा उत्रने हो भने भावी चुनावी रणनीति के के बनाइनु पर्ला जस्ता विषयमा समेत छलफल हुन थालेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि इलाम सदरमुकामको ‘इलाम नगरपालिका’को नेतृत्व कस्ले लिने भन्ने विषयमा केही समय अघिबाटै बहस शुरु भएको छ । नेपाली कांग्रेसका मात्रै तीन जना उम्मेद्वारले चुनाव अघि नै मेयरको दावी गर्दै कार्ड फालेका छन् भने नेकपा एमालेका तर्फबाट पनि तीन जनाकै चर्चा छ । यता माओवादीबाट एक जनाले मेयरको दावी गरिरहेका छन् । नेपाली कांग्रेसबाट केदार थापा, खगेन्द्र् देवान, राजेन्द्र शर्माको नाम चर्चामा छ । नेकपा एमालेबाट धिरेन चेम्जोङ , कृष्ण श्रेष्ठ, र नरेन्द्र नाथ भट्टराईको चर्चा छ भने माओवादीबाट प्रभाष शर्माको नाम अघि आएको छ । दलले आधिकारिक रूपमा उम्मेद्ववार घोषणा नगरे पनि सम्भावित उम्मेद्वारको चर्चा यतिबेला इलाममा चुलिएको छ । दलका प्रभावशाली नेता नै इलामको प्रमुख र उपप्रमुखको उम्मेद्वार हुने भएकाले पनि उनीहरुको चर्चा चुलिएको हो । कांग्रेस, एमालेका नेता कार्यकर्ताबीच मेयर र उपमेयर उम्मेद्वारको चर्चा बढेको हो । कांग्रेसभित्र नगर प्रमुखका लागि ३ जनाको चर्चा छ । त्यसमा पनि इलाम नगरवासीले मेयरका लागि केदार थापालाई बढी इच्छाएको बुझिएको छ । जनतामाझ भिजेको र सरल स्वभावका उनी सबैमाझ लोकप्रिय छन् । कांग्रेस बृतमा पनि केदार थापाको चर्चा नै बढी रहेको छ । कांग्रेस इलाममा लोकप्रिय रहेका थापा युवा जमातमा पनि उत्तिकै लोकप्रिय छन् । केही महिना अघिमात्र सम्पन्न कांग्रेसको वडा , नगर , क्षेत्रीय तथा प्रदेश अधिवेशनलाई हेर्दा इलाममा थापाको माहोल बलियो देखिन्छ । जसका कारण अबको चुनावमा कांग्रेसको तर्फबाट मेयरको टिकटमा पहिलो प्राथमिकता केदार थापाकै हुने थापा निकट नेता कार्यकर्ता दाबी गर्छन् । थापा राजनीतिक रुपमा मात्र नभई सामाजिक रुपमा पनि अब्वल छवि बनाइसकेकाले मतदाताको रोजाइमा परेको नगरवासीले बताउँदै आएका छन् । पुर्वान्चल दैनिक बाट

सेयर गर्नुस्

0 comments: