नेपाल कम्निष्ट पार्टी एमाले निकट भातृ संगठनहरु अनेराश्ववियु र अखिल नेपाल युवा संघ संयुक्त आयोजनामा हिजो श्रावण ३ गते चुलाचुलीमा एक बिरोध कार्यक्रमको आयोजना गरेको हो।सो अवसरमा सर्वोच्च अदालतका प्रधान न्यायधिस चोलेन्द्र सम्शेर जवरा र नेकपा ए मा ले का बरिष्ठ नेता माधब कुमार नेपाल को पुत्ला जलाइएको थियो।
साँझ ६:३० बजे सुरु गरिएको उक्त बिरोध कार्यक्रमले मसाल जुलुश सहित आइतबारे बजार परिक्रमा गर्दै प्रधान न्यायधिस र माधब नेपालका विरुद्धमा चर्को नारावाजी समेत गरेका थिए। जुलुस आइतबारे बजार परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो साथै कोण सभाको अन्त्यमा निर्धारित पुत्ला जाइएको थियो। पुत्ला जलाउने क्रममा प्रहरी र युवाहरूको खोसाखोस पनि परेको थियो।
चुलाचुली ४ स्थित आइतबारे बजारमा आयोजित उक्त बिरोध सभालाइ अनेरास्वबियु चुलाचुली गाउ कमिटि इन्चार्ज निशेस राइ , युवा संघ केन्द्रीय सचिवालय सदस्य अनुप अधिकारी, युवा संघ इलाम जिल्ला अध्यक्ष अरुण बराल तथा युवा संघ केन्द्रीय सदश्य शम्भु भन्डारी लगायतका युवाहरूले सम्बोधन गरेका थिए ।
प्रधान न्यायधिस चोलेन्द्र सम्शेर राणा ले संबिधान मै ब्यवस्था नभएको निर्णय गरेर लोकतन्त्र लाई नै धराप मा पारेको र यो निर्णय को बिरुद्ध मा अनेरास्वबियु र युवा संघ ले सडक बाट आधिबेहरी ल्याउने र त्यो आँधिबेहरी ले चोलेन्द्र लाई बगाएर काँशी पुर्याउने बताउनु भयो निशेस राइ ले । त्यस्तै युवा संघ केन्द्रिय सचिवालय सदस्य अनुप अधिकारी ले चोलेन्द्र लाई चोर भनेर सम्बोधन गर्नु भयो भनें माधब कुमार नेपाल लाई लाल गद्धार को उप मा दिदै वहाँ हरु को चर्को आलोचना र बिरोध गर्नु भयो । त्यस्तै युवा संघ केन्द्रिय सदस्य शम्भु भन्डारी ले माधब कुमार नेपाल लाई बिरोध सभा मा पुत्ला दहन अघावै स्रद्धान्जली दिनु भयो , त्यस्तै अर्का बक्ता अरुण बराल ले पनि अदालत को यो निर्णय ले सम्पुर्ण लोकतन्त्र मा बिश्वास राख्ने राजनैतिक शक्ती माथी धावा बोलेको र यो कदम लाई बिद्यार्थी र युवा हरु ले सडक बाटै उल्टाउने चेतावनी दिनु भयो ।
अखिल नेपाल रास्ट्रीय स्वतन्त्र बिद्यार्थी युनियन चुलाचुली र अखिल नेपाल युवा संघ चुलाचुली ले संयुक्त रुप मा हिजै चुलाचुली ४ स्थित किराँत चोलुङ आधारभुत बिद्यालय र चुलाचुली ३ को श्री किराँतेश्वर माध्यमिक बिद्यालय परिसर मा बृक्ष रोपण समेत गरेको थियो ।इलाम टाइम्स बाट साभार
0 comments: