कोरोना पिडित लाई वडा को आर्थीक सहयोग

इलामको चुलाचुली गाउँपालिका वडा नं २ ले कोरोना संक्रमणबाट पिडित १२ घर परिवारलाई ५ हजार का दरले राहत उपलब्ध गराएको छ । चुलाचुली गाउ पालिका वडा न. २ ले हिजो श्रावण २९ गते आफ्नै कार्यलय मा एक बिशेस कार्यक्रमको आयोजना गरी उक्त राहत रकम हस्तान्तरण गराएको हो । कोरोना संक्रमण भएर एक हप्ता भन्दा धेरै जिल्ला बाहिर को अस्पताल मा उपचार गराएका, ५० हजार भन्दा भढी खर्च भएका बिरामी हरु लाई यो राहत को कार्यक्रम ल्याएको चुलाचुली २ का वडा सदस्य भिम श्रेष्ठ ले बताउनु भयो। संक्रमित का परिवार लाई प्रती परिवार ५ हजार का दरले १२ परिवार लाई ६० हजारहजार रुपैयाँ उपलब्ध गराएको हो ।राहत रकम पाउने हरु मा भिम बा. राइ, बिनोद तामाङ, तिर्थ माया राउत, पुर्ण कुमारी श्रेष्ठ, मन माया राइ, तारा कुमाल, शोभा देवी श्रेष्ठ,मीरा देवी श्रेष्ठ ,सन्जय श्रेष्ठ ,दीपा लिम्बु , लक्ष्मी लिम्बु रहनु भएको छ ।चुलाचुली गाउ पालिका वडा नं २ को सहायता कोष मार्फत उक्त रकम खर्च गरिएको हो ।इलाम टाइम्स बाट साभार

सेयर गर्नुस्

0 comments: