असार ७ सम्म थपियो इलाममा निषेधाज्ञा

 

 आउँदो असार ७ गतेसम्म इलाममा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति इलामको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । सक्रिय संक्रमितहरुबाट कोभिड–१९ विस्तार भई जनस्वास्थ्यमा हुने असर निणन्त्रण गर्न इलाममा निषेधाज्ञा एक साता थप गरिएको जनाइएको छ ।

जिल्लामा तिब्र गतिमा फैलिँदै गरेको कोभिड–१९ को विस्तार रोक्न बैशाख २६ गतेबाट जारी निषेधाज्ञाको जनस्तरबाट समेत पालना भएको र संक्रमितहरुको परीक्षणको दायरा बढाएकोले संक्रमितको संख्यामा उल्लेख्य कमि नदेखिएको भएपनि थप संक्रमण नियन्त्रण गर्न जारि निषेधाज्ञा प्रभावकारी रहेको समितिको ठहर रहेको जनाइएको छ । जिल्लामा संक्रमितको संख्या ७५२ को हाराहारीमा रहेको जनाइएको छ ।लोकल सन्देश बाट


सेयर गर्नुस्

0 comments: