सामाजिक अभियन्ता तथा समानुभुती नेपालका सदस्य तुलसी श्रेष्ठको नेतृत्वमा आएको टोलीले चुलाचुली-३ मा रहेको कोभिड अस्पतालमा उपस्थित भई गाउ पालिका अध्यक्ष प्रदिप चन्द्र राईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
यो बिषम परिस्थितिमा देश नै कोरोनाले त्रसित भएको अवस्थामा सबैको नजर ठुला अस्पतालहरूमा र सहरमा मात्रै ठोकिने तर दुर दराजमा भएका समस्या र अभावहरु छाँयामा परि गरिब निमुखा जनताहरु सामान्य औषधी नै खान नपाइ मृत्युको मुख सम्म पुग्ने दुखद अवस्था बाक्लिदै गएको बेला समानुभुती नेपाल मेची महाकालि स्वास्थ्य सामाग्री सहयोग अभियानमा लागेको र यो अभियान आजै चुलाचुली गाउ पालिकाबाट सुरु गरिएको र झापाको बेलडागी, मोरङको रंगेलि हुदै सुदुर पस्चिम सम्म पुग्ने कुरा अभियन्ता श्रेष्ठले बनाउनु भयो।
उक्त संस्थाले चुलाचुली कोभिड अस्पताल लाइ ५००० थान माक्स,क्लोरिन ५ लिटर , स्यानिटाइजर ५ लिटर,अक्सिमिटर ५ थान,पल्स अक्सिमिटर ५ थान,पि.पि.ई. ड्रेस ७ थान र ग्लोब १०० थान उपलब्ध गराएको हो । उक्त स्वास्थ्य सामाग्री बितरण टोलि मा झापाकी चर्चित संचारकर्मी लिला अनमोल तथा सामाजिक अभियान्ता ज्वाला संग्रौलाको पनि सहभागिता रहेको थियो भने उक्त सहयोगी संस्थालाइ चुलाचुली सम्म आउने समन्वयकारी भुमिका साजन बिराहाङ राइले गर्नु भएको हो।
त्यस्तै झापा दमक मा रहेको जनसेवा फार्मेसी ले पनी आजै चुलाचुलि कोभिड अस्पताल लाइ स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।भुवन राई को बिशेस पहल मा जनसेवा फार्मेसी का संचालक गणेश घिमिरेले अस्पताल लाइ ५०० थान माक्स,३ लिटर स्यानिटाइजर,ट्वाइलेट पेपर १० थान लगायत का अत्यावस्यक स्वास्थ्य सामाग्री आरोह मिडिया मार्फत उपलब्ध गराएको हो ।
स्वर्गिक मार्ग संघ चुलाचुली ले बिगत २ बर्ष १२लाख लगानि मा अघाडि निर्माण सम्पन्न गरेको ४०/७० बर्गफिट क्षेत्रफल रहेको उक्त भवन निर्माण का लागि श्याम चाम्लिङ ले १ कट्ठा र अमर/कौसिला चाम्लिङ ले ३ कट्ठा जमिन निशुल्क उपलब्ध गराइ निर्माण भएको उक्त भवन लाइ चुलाचुली गाउ पालिका ले कोभिड स्थाइ अस्पताल बनाएर कोरोना नियन्त्रण गर्ने प्रयास मा छ र हाल उक्त अस्पताल मा ८ जना कोभिड का बिरामि ले स्वास्थ्य लाभ लिइ रहनु भएको चुलाचुलि गाउपालिका स्वास्थ्य शाखा प्रमुख दुस्यान्त दहाल ले जानकारि दिनु भयो ।।ईलाम टाइम्स बाट


0 comments: