इलाम : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई दिने वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुरु हुँदैछ ।
नेकपा जिल्ला कमिटिको आयोजनामा हुने
प्रशिक्षणको सम्पूर्ण तयारी पूरा भएको प्रचाप्रसार तथा प्रकाशन विभागले
विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
प्रशिक्षणमा नेकपा अध्यक्ष एवम्
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री
झलनाथ खनाल, स्यायी समिति सदस्य सुवासचन्द्र नेम्बाङसहितका वरिष्ठ
नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
शुक्रबार र शनिबार संचालन हुने
प्रशिक्षणमा दाहाल, खनाल र नेम्बाङसहित स्कूल विभाग उपप्रमुख देवेन्द्र
पौडेल, स्थायी समिति सदस्य वेदुराम भुसाल, केन्द्रीय सदस्य विजय पौड्याल,
प्रदेश १ का संयोजक देवराज घिमिरेलगायत इलाम आउने भएका हुन् । खनाल र
नेम्बाङविहीबार साँझ नै इलाम आइपुग्ने प्रचारप्रसार तथा प्रकाशन विभाग
प्रमुख नवराज शंकरले जानकारी दिए ।
अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री दाहाल र
वरिष्ठ नेता खनालले समसामयिक राष्टिरय राजनीतिका विषयमा, स्यायी समिति
सदस्य नेम्बाङले संविधान निर्माण र स्थानीय तहको कानुन निर्माण प्रक्रियाको
बिषयमा, स्कूल विभाग उपप्रमुख पौडेलले कम्युनिष्ट आन्दोलनको सुरुवातदेखि
हालसम्मको अवस्था, स्थायी समिति सदस्य वेदुराम भुषालले दर्शनशास्त्र र
माक्सवाद, केन्द्रीय सदस्य बिजय पौडेलले अर्थ राजनितीको बिषयमा र प्रदेश
संयोजक घिमिरेले सरकार र पार्टीको सम्बन्धको बारेमा प्रशिक्षण दिनेछन् ।
गौतम बुद्ध सभागृहको हलमा हुने
प्रशिक्षणमा ५ सय बढी जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको सभागिता रहने छ
। कार्यक्रममा जिल्ला कमिटिका पदाधिकारी र सदस्यहरु, जिल्ला सल्लाहकार
समितिका पदाधिकारी र सदस्यहरु, ६ वटै निर्वाचन क्षेत्रीय कमिटिका पदाधिकारी
र सदस्यहरु, गाउँ तथा नगर कार्यालय सदस्यहरु, विभागका सबै सदस्यहरु, ८१
वटै वडाका अध्यक्ष र सचिवहरु र जनसंगठनका केन्द्रीय पदाधिकारी र सदस्यहरु
सहभागी हुनेछन् ।
पार्टी एकतापछि पहिलोपटक अध्यक्ष तथा
पूर्वप्रधानमन्त्री समेतको सहभागितामा हुन लागेको सबैभन्दा ठूलो
कार्यक्रमको रुपमा यसका कार्यक्रमलाई नेकपाले लिएको छ । कार्यक्रमलाई
मर्यादित र व्यवस्थित बनाउनका लागि ८० जना युवा तथा विद्यार्थीहरुलाई
परिचालन गरिएको संयोजक शंकरले बताए ।
पार्टी एकतापछि हुने कार्यक्रमलाई
प्रभावकारी बनाउन गाउँ÷नगर स्तरीय प्रशिक्ष समेत गर्दै लैजाने जिल्ला सचिव
सोममाया राई (सिन्धु) बताइन् । यस प्रशिक्षणपछि क्षेत्र, गाउँ नगर र वडामा
समेत प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिने सचिव राईले बताइन् ।
प्रचारप्रसार तथा प्रकाशन विभागका संयोजक
नवराज शंकरको अध्यक्षता तथा पार्टी जिल्ला सचिव सोममाया राई (सिन्धु) को
प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो
0 comments: