देवेन्द्र पौडेल - चुलाचुली
बैकल्पिक उर्जा केन्द्र खुमलटार को प्राबिधिक सहयोग मा चुलाचुली गाउ पालिका वडा न ४ ले बिपन्न तथा दलित समुदाय लाइ सौर्य उर्जा सोलार सेट बितरण गरेको छ। बैकल्पिक उर्जा केन्द्र ले चुलाचुली गाउपालिका लाइ २०५ वटा सोलार सेट उपलब्ध गराएको मा वडा नम्बर ४ लाइ ३० वटा छुट्याईएको थियो र वितरण को लागि सृजनसिल दलित सिपमुलक समूह चुलाचुली ४ लाइ जिम्मा दिएको मा हिजो भाद्र ७ गते चुलाचुली गा पा वडा नम्बर ४ का वडा प्रमुख कालिदास भट्टराइ लगायत वडा प्रतिनिधि को उपस्थिति मा वडा कार्यालय बाट वितरण गरिएको हो। सृजनसिल दलित सिपमुलक समूहका प्रमुख श्री चक्र गजमेर का अनुसार चुलाचुली ४ मा बसोबास गर्ने जम्मा ६४ दलित परिवार मध्ये बाट अति बिपन्न परिवार छनौट गरेर ३० परिवार लाइ २० वाट को सोलार पाता साथ मा १२ भोल्ट को ब्याट्री ४ वटा बल्ब १० मिटर तार र कन्ट्रोलर सहित बितरण गरिएको जनाउनु भयो।
कार्यक्रम मा बोल्दै समुहका प्रमुख गजमेर ले दलित समुदाय अब गरिबीको कारण अध्यारो मा बस्न नपर्ने जसका लागि सरकार ले यत्तिका लगानी गरेर कार्यक्रम ल्याएको तर केहि दलित बर्गकै अगुवा भनाउदा हरु ले कार्यक्रम लाइ आफु अनुकुल बनाएर बिपन्न दलित बर्ग सम्म कार्यक्र म नपुर्याई आफ्नै भाइ भतिजा मा सिमित गर्न खोजेको कारण कार्यक्रम लक्षित वर्ग मा पुर्याउन को लागि हाम्रो सृजनसिल दलित सिपमुलक समूह लाइ जिम्मा दिएको र हामि ले हाम्रो वडा का जनप्रतिनिधि हरु लाइ साथ मा राखेर निस्पक्ष र अति बिपन्न गरिब वर्ग मा कार्यक्रम पुर्याएको दाबि गरे चक्र गजमेर ले। बिपन्न वर्ग लाइ माथि उठाउनु र समुदाय लाइ मजबुत बनाउन को लागि अब हरेक जन प्रतिनिधि हरु ले ध्यान दिन आवस्यक रहेको वडा प्रमुख कालिदाश भट्टराई ले बताउनु भयो। कार्यक्रम मा भावना दास भिम हिङ्गमाङ्ग डी बि दास लगायत का दलित अगुवाको उपस्थिति रहेको थियो। 
0 comments: