हात्तीको उपद्रो रोक्न दक्षिणी झापाको जलथल
जंगलमा सौर्य विद्युतीय तारबार जडानको काम सुरु भएको छ । चालू आर्थिक
वर्षभित्रै काम सक्ने गरी सरकारले वैशाखमा ललितपुरको न्यु क्रिएसन इम्पेक्स
प्रालिलाई चार करोड ७४ लाख रुपैयाँमा निर्माण कार्यको जिम्मेवारी दिएको
थियो । न्यु क्रिएसनले भारतको फेन्ज गार्ड नामक कम्पनीसँगको सहकार्यमा
बिहीबारबाट तारबारको काम सुरु गरेको छ । तारबार जडानका लागि निर्माण
कम्पनीले भारतबाट चारजना प्राविधिकसमेत ल्याएको छ ।
झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र
लिङ्देनले हात्ती नियन्त्रण गर्न अघिल्लो वर्ष नै जंगलवरिपरि सडक र सौर्य
विद्युतीय तारबारको अवधारणा अघि सारेका थिए । हात्ती नियन्त्रणका लागि
अघिल्लो आर्थिक वर्षमा विनियोजन भएको दुई करोड रुपैयाँमा ५० लाख रुपैयाँ
मात्र खर्च भएको थियो भने यस वर्ष ६ करोड रुपैयाँ विनियोजन भएपछि प्रकृति
संरक्षण कोषको खातामा राखिएको थियो ।
जलथल जंगल जैविक विविधताका हिसाबले दक्षिण
एसियाकै उत्कृष्ट स्थान हो । ६ हजार तीन सय हेक्टर क्षेत्रफलमा फैलिएको
जंगललाई २२ वटा सामुदायिक वन उपभोक्ता समूहको जिम्मामा दिइएको छ । यस
जंगलमा लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको सालक र हात्ती पनि पाइन्छ । तर,
जंगलबाट हरेक रात हात्तीको समूह निस्किएर गाउँबस्तीमा बितण्डा मच्चाउँछ ।
स्थानीयका अनुसार जंगलभित्र १४ वटा रैथाने हात्ती छन् । डिभिजन वन कार्यालय
झापाका प्रमुख विष्णुलाल घिमिरेले जंगल पाँचवटा हात्तीका लागि मात्र
पुग्दो हुने बताए । जंगलले भद्रपुर नगरपालिका तथा बाह्रदशी, हल्दिबारी र
केचनाकवल गाउँपालिकालाई छुन्छ ।
असारभित्रै सम्भव होला ?
सरकारले वैशाखमा चालू आर्थिक वर्षभित्रै तारबारको काम सम्पन्न गर्ने गरी न्यु क्रिएसनसँग ठेक्का सम्झौता गरेको भए पनि काम भने गत बिहीबार मात्र सुरु भएको छ । वर्षाले अवरोध नपु-याए असारभित्रै काम सकिने निर्माण कम्पनीका प्रबन्ध निर्देशक विजय श्रेष्ठले बताए । ‘जंगलवरिपरि ४० किलोमिटर ४५ देखि ६० डिग्रीमा ढल्काएर विद्युतीय तारबार लगाइँदै छ,’ उनले भने, ‘आवतजावत गर्न विभिन्न स्थानमा ३० वटा गेटसमेत बनाइनेछ ।’

सौर्य विद्युतीय तारबारमा डिसी करेन्ट हुने
भएकाले मान्छेलाई करेन्ट लाग्दैन तर हात्तीलाई भने दुई मिटर पर नै झट्का
दिने बताइएको छ । तीनवटा तारमा आठ हजार भोल्ट करेन्ट प्रवाह हुनेछ ।
प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत डा. मनीषराज पाण्डेले
मानव–हात्ती द्वन्द्व व्यवस्थापनका लागि सौर्य विद्युतीय तारबार एक मात्र
सफल उपाय भएको बताए । केही वर्षअघि पूर्वी नाका काँकडभिट्टादेखि
बाहुनडाँगीसम्म पनि सौर्य विद्युतीय तारबार जडान गरिएको थियो ।
पटक–पटक आश्वासन मात्र
‘सोलारबाट चल्ने तारबार आउँछ भनेको सुन्दासुन्दै बुढो भइसकियो,’ दुर्गाभिट्टा सामुदायिक वनका अध्यक्ष धनराज गुरुङले भने, ‘अब चाहिँ काम सुरु भयो, बल्ल ढुक्क भयौँ ।’ हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार हात्तीले हल्दिबारी र केचनाकवल गाउँपालिकामा सबैभन्दा बढी नोक्सानी गरेको छ । तारबारले जनावरको मात्र नभएर वनको पनि रक्षा हुने उनको बुझाइ छ । ‘मानव–हात्ती द्वन्द्व झापाको दक्षिणी क्षेत्रमा ठूलो समस्याका रूपमा रहेको छ,’ प्रतिनिधिसभा सदस्य लिङ्देनले भने, ‘हात्तीपीडित बासिन्दाका लागि तारबार ठूलो राहत भएको छ ।

करेन्ट लागेर म-यो हात्ती
हल्दिबारीमा हात्तीको छावा मृत भेटिएको छ । हल्दिबारी–३ स्थित हुलाकी राजमार्गसँग जोडिएको रनकाली सामुदायिक वनभित्र करेन्ट लागेर मरेको हात्तीको छावा भेटिएको हो । सामुदायिक वन कार्यालयको ५० मिटर नजिकै हात्तीको छावा मृत फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल
घिमिरेका अनुसार करिब तीन वर्षको छावाको सुँडले तार छाइएपछि करेन्ट प्रवाह
भएर मरेको हो । हात्तीबाट बच्न रनकाली सामुदायिक वन उपभोक्ता समूहले आठ
वर्षदेखि अर्थिङ करेन्ट छाड्दै आएको छ । पोस्टमार्टमपछि छावालाई सोही
जंगलमा पुरिएको छ । उनका अनुसार यस अवधिमा हात्तीको आक्रमणबाट ३९ जना
मानिसको मृत्यु भइसकेको छ ।

0 comments: