इलाम २३ असार : प्रहरी चौकी पेल्टिमारी इलामबाट खटिएको टोलिले इलाम झापाको सिमावर्ति एरियामा गस्ति गर्ने क्रममा चुलाचुली गाँउपालिका वडा नं. ४ का सुरज राईलाई पक्राउ गरेको छ । झापाको कमल गाउँपालिका वडा नं ५ स्थित नर्सरीमा शंकास्पद अवस्थामा देखी चेकजाँच गर्दा राईको साथबाट लागू औषध ब्राउन सुगर ११ पोका र नगद १३ हजार १ सय ७५रुपैया फेला पारेको छ । बरामद भएको लागु औषध तथा पक्राउ गरीएका राईलाई आवश्यक अनुशन्धान तथा कारवाहीको लागी ईलाका प्रहरी कार्यालय दमक झापामा पठाईएको प्रहरीकार्यलय इलामले जनाएको छ ।
www.sandakpuronline.com

0 comments: