लुटन सम्म लुट रतुवा खोलामा नै हो छुट ! नगरपालिकाले रोकेको भनेपनि रोकिएन खोला दोहन

दमक नगरपालिकाले गत १ गतेदेखि लागु हुनेगरी रतुवा उत्खनन् तथा निर्माण सामाग्री ओसारपसारमा रोक लगाएको बताएपनि यो कार्य रोकिएको छैन । बुधबार साँझसम्म पनि रतुवा खोलामा जेसेबी लगाएर बालुवा झिकेर टिपरहरुले ओसार्ने क्रम जारी रहेको पाईएको थियो ।


नगरपालिकाको केहि दिन अघि बसेको बोर्ड बैठकले पनि निर्धारीत परिणाम निकालिसकेकाले उत्खनन् कार्य रोक्नका लागि सम्बन्धित पक्षलाइ पुन निर्देशन दिने निर्णय गरेको थियो । यस बिषयमा स्थानीय प्रशासन र नगरपालिका भने नदेखेको झै गर्ने गरेको बताइन्छ ।


नगरपालिकाले ३२०३५२ घनमिटर उत्खनन् गर्नका लागि अनुमति दिएकोमा ३४८९०९ घनमिटर उत्खनन् गरेको उल्लेख गर्दै अब उप्रान्त उत्खनन् कर्य रोक्ने भन्दै बोर्ड बैठकले निर्णय गरे पनि कार्यन्वन भने भएको पाइएको छैन । पुलको ५ सय मिटरमा नपाइने बताएपनि पुल छेउमा नै उत्खनन् गरेको पनि भेटिएको छ ।


शिवलिक निर्माण सेवाले यसको ठेक्का लिए पनि अहिलेसम्म नगरपालिकालाइ ठेक्का बापतको रकम समेत नतिरहेको पनि बताइन्छ । उत्खनन् भने तोकिएभन्दा बढि गरेको भएपनि करिब ४ करोड रुपिया नतिरहेको पाईएको हो ।


स्थानीयहरुका अनुसार सम्बन्धित निकायले देखेको नदेखे झै गरेकाले खोला गहिरो बनाएर उत्खनन् भइरहेको र रातभर समेत टिपर तथा ट्याक्टरहरु ओहोरदोहोर गरिरहेको जनाएकाछन् ।
साभार
  - सवाल नेपाल


सेयर गर्नुस्

0 comments: