विकास बजेट, भूक्तानिको चटारो


जिल्लाको पश्चिमी गाउँपालिका फाकफोकथुमलाई विकास निर्माणको भुक्तानी गर्न चटारो छ । यसै बृला कर्मचारी अभावले सेवाग्राहीलाई छिटो र छरितो तरिकाले सेवा प्रदान गर्न पनि समस्या देखिएको छ ।  
    चालु आर्थिक वर्ष २०७५÷०७६ मा सञ्चालन भईसकेका योजनाहरूको धमाधम भुक्तानी भईरहेका छन । दैनिक जसो १५÷२० वटा योजनाको भुक्तानीका लागि उपभोक्ता समितिका पदाधिकारीहरू आउने गरेको पाइन्छ ।
    गाउँपालिकामा सडक, विद्युत, खानेपानी, सिंचाईलगायत पूर्वाधारका साथै अन्य विभिन्न कामको समेत भुक्तानीका लागि सेवाग्राहीको चाप छ । कर्मचारी समायोजन भएपनि यस गाउँपालिकाका लागि आउने कर्मचारी नदेखिएको कारण भएका कर्मचारीलाइ काम फर्सोटमा समस्या देखिएको छ । गाउँपालिकामा ३९ जना कर्मचारीको दरबन्दी भएपनि ४ कर्मचारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन कट्टेलले जानकारी दिए । उनले भने  गाउँपालिकामा तीन जना सचिवले सात वटा वडा कार्यालय सञ्चालन गरिरहेका छन् । प्राविधिकले वडा सचिवको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
    लेखा शाखामा लेखाअधिकृतसहित लेखापाल र सहलेखापालको दरबन्दी रहेपनि सहलेखापाल मात्र छन । यसअघिका लेखापाल पाँचथरमा सरूवा भएपछि लेखाशाखामा कामको चाप बढेको हो । लेखापाल गाउँपालिकामा नहुनाले योजनाको भुक्तानीको काम अघि बढ्न नसकेको सेवाग्राहीको गुनासो छ । आर्थिक वर्षको अन्त्य भएकाले गाउँपालिकाले सञ्चालन गरेका योजनाहरूको भुक्तानी लिन आउने सेवाग्राहीको दिनप्रतिदिन चाप बढेको सहलेखापाल मधुर नेपाली बताउछन । प्रक्रिया पुगेर आएका सेवाग्राहीको काम ढिला नगरी गरेका छौं, सहलेखापाल नेपाली भन्नुहुन्छ ‘कर्मचारी अभावका बाबजुत पनि खटेर काम गरेका छौं ।’


सेयर गर्नुस्

0 comments: