चुलाचुली ३ मा निःशुल्क आँखा शिविर सम्पन्न

वैशाख १२, इलाम । चुलाचुली गाउँपालिका ३ नम्वर वडा कार्यालयको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
वडा नं. ३ स्थित किरातेश्वर माविमा सञ्चालन गरिएको शिविरमा ४ सय जना आँखा रोगीहरु प्रत्यक्ष लाभान्वित भएको वडाध्यक्ष नरबहादुर लावतीले बताउनुभयो । शिविरमा मोती विन्दु, आँखा चिलाउने, आँखा पाक्नेहरुले आँखा परीक्षण गराएका छन् । मेची आँखा अस्पतालका चार जना प्राविधिकसहित सात जनाले सेवा पुर्याएका थिए ।खा उपचारमा आउने मध्ये १५ जनाको आँखाको अप्रेशन गर्नुपर्ने भएको मेची आँखा अस्पतालकी नेत्र सहायक प्रभा राउतले बताउनु भयो । उनीहरुको निःशुल्क आँखा अप्रेशन गरिने पनि उहाँले जानकारी दिनुभयो पत्रकार संग कुरा गर्दै ३ नम्वर वडाका अध्यक्ष नरेन्द्र लावतीले यो आँखा शिविरबाट वडावासीहरु निकै लाभान्वित भएको बताउनुभयो । यस्तो कार्यक्रमहरु अव अन्य वडाले पनि संञ्चालन गर्दै लानु पर्ने उहाँले प्रतिक्रिया दिनुभयो ।
साभार - खरोखबर डट कम 

सेयर गर्नुस्

0 comments: