चुलाचुली गाउँपालिकामा प्रथम चुलाचुली गोल्डकप हुँदै

१२ बैशाख, चुलाचुली । इलाम जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिकामा प्रथम चुलाचुली नकाउट गोल्डकप टुर्नामेन्टको आयोजना हुने भएको छ ।चुलाचुली खेलकुद समितिले आज पत्रकार सम्मेलनको आयोजना गर्दै यही वैशाख १५ गतेदेखि गोल्डकपको आयोजना हुुने जनाएको हो । गोल्डकपमा इलाम, झापा र मोरङका आठ वटा टीमको सहभागिता रहने बताईएको छ ।
गोल्डकप प्रस्तावित शहीद मान्तोक स्मृति रंगशालामा हुने आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. एक लाख एक हजारका साथै सिल्ड र प्रमाणपत्र, द्वीतिय हुने टिमलाई नगद रु. ५१ हजार, सिल्ड तथा प्रमाणपत्र प्रदान गरिने खेलकुद समितिका संयोजक रामप्रसाद राईले बताउनुभयो ।
गोल्डकपको पहिलो दिन वैशाख १५ गते आयोजक टिम चुलाचुली–११ र फूलबारी स्पोर्टिङ क्लव कमल गाउँपालिकाबीच प्रतिस्पर्धा हुने बताइएको छ ।
साभार - खरोखबर डट कम 

सेयर गर्नुस्

0 comments: