चुलाचुली गाउँपालिकाको पहलमा वन फँडानी नियन्त्रण गर्न कार्यदल


दक्षिणपश्चिमी इलामको चुलाचुली गाउँपालिकाले आफ्नो क्षेत्रको वन पैदावार अवैध फँडानी चोरी निकासी रोक्न पहल थालेको गाउँपालिकाकै पहलमा मङ्गलबार सर्बपक्षीय बैठकबाट फँडानी नियन्त्रणका लागि कार्यदलसमेत बनाइएको गाउँपालिकाका प्रशासकीय अधिकृत छविलाल खतिवडाले जानकारी दिए
गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको अध्यक्षतामा सुरक्षा निकाय, वन कार्यालयका कर्मचारी तथा सशस्त्र वन रक्षक, स्थानीय सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधीहरुसमेतको संलग्नतामा सपत्र बैठकले वन फँडानी नियन्त्रण कार्यदल तयार गरेको हो गाउँपालिका गाउँ कार्यपालिकाको नियन्त्रणमा रहने उक्त कार्यदलले गाउँमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, सामुदायिक वन उपभोक्ता समितिहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने रात्री गस्तीसम्मको माध्यमबाट अवैध फँडानी नियन्त्रण गर्ने जस्ता काम गर्ने जनाइएको  
चुलाचुली गाउँपालिका क्षेत्रमा जम्मा १३ वटा सामुदायिक वन उपभोक्ता समितिहरु रहेका छन् ती सामुदायिक वनका जङ्गलमा भएका ९० प्रतिशत रुखहरू साल (सखुवा) जातका छन् काठमध्येको सबैभन्दा महङ्गो बढी समय खप्ने अर्थात् सबैभन्दा गुणस्तरीय सखुवाको रुख चोरी निकासी धेरै हुने गरेको  
झापाको दमक नजिकै पर्ने फाँटिलो भेग रहेको चुलाचुली गाउँपालिकामा रहेको सखुवा चोरी निकासी गरेर झापाका विभिन्न भाग तथा भारतीय क्षेत्रसम्म पु¥याउने गरेको पाइएको हिउँदमा साइकल, रिक्सा, गाडा, ट्याक्टरलगायतका गाडिमा बर्षाद्मा स्थानीय रतुवा, मावा लगायतका खोलामा बगाएर चोरी निकासी हुने गरेको


सेयर गर्नुस्

0 comments: