देश बेच्नेहरू होईन बनाउने सहिद बनेका हुन्
सिमा बेचेर सहिद दिवस मान्नुको सार कहाँ छ?
परिवार गुमाउनुको पिडा पैसाले भर्दैन महाशय
सोच्नुहोस पिडितलाई राहत यो दमदार कहाँ छ?
आफ्नै सन्तान को अँश खोसेर शत्रु पाल्न जान्ने
हेर्नुहोस् हाम्रो देशद्रोही सरकार लाचार कहाँ छ?
सिटामोलको आकार सम्म नदेखेरै मर्छन जनता
अमेरिका पुग्छ नेता अरे खै राष्ट्रको भार कहाँ छ?
प्रमिला खरेल
काभ्रे कोशिपारी

0 comments: