ओलाङचुङ गोला नाका खोल्ने प्रदेश सरकारको तयारी

 प्रदेश नम्बर एक स्थित मेची अञ्चलको ताप्लेजुङ जिल्लामा रहेको नेपालको तिव्वतसंगको जोड्ने नाका खुलाउँने तयारी गर्ने प्रदेश नम्बर एकको मूख्यमन्त्री शेरधनराई बताएका छन् ओलाङ्चुङ गोला नाका खोलेर प्रदेश एकका जनतालाई सबृद्ध बनाउँने तयारी गरीरहेको उनको भनाई थियो
राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा इटहरीको होटल त्रिजुगामा भएको स्थानीय तहको भूमिका विषयक दुई दिने कार्यक्रमको उद्घाटन गदै राईले आर्थिक विकासको लागी ओलाङचुङ गोला नाका खोल्न आफुहरु लागी परेको बताए नाका खोलेर जनतालाई आर्थिक विकासको ढोका खोल्ने उनको भनाई थियो त्यो मात्र हैन अन्य देशहरु सँग सिधा सम्पर्क गरेर प्रदेश नम्वर एकलाई देशकै नमुना प्रदेश बनाउँदै लौजाने उनको भनाई थियो
आर्थिक विकासका लागी सहकारी गाउँ गाउँमा आवश्यक रहेको भन्दै यसलाई स्थानीय निकायले प्रथामिकतामा राख्नु पर्ने मूख्यमन्त्री राईको भनाई थियो निजि क्षेत्र ,सहकारी सरकारी पक्ष मिले मात्र प्रदेश सरकार वलियो हुने भन्दै समृद्ध मुलुक बनाउँन आर्थिक विकास अपरिहार्य रहेको उनको तर्क थयो प्रदेश एक सरकारले सहकारी मैत्री कानुन निमार्ण समेत गर्ने आश्वसन दिएका थिए प्रदेश नम्बर एकमा विश्वका अग्ला हिमाल देखि जलस्रोत्र तथा बनजंगल रहेको भन्दै प्रदेशलाई सवल बनाउँने उनको उद्घोष थियो
त्यस्तै कार्यक्रममा वोल्दै प्रदेश नम्वर एकका उपसभामुख सरस्वती पोखरेलले सहकारीले देशको आर्थिक विकासमा टेवा पुर्याउँदै आएको बताईन उनले भनिन् गाउँका जनताका लागी सहकारी विकासको आधार भएको सहकारीलाई ब्यावस्थीत गदै लौजानु पर्ने उनको धारणा थियो गरिव तथा पिछाडी परिएको गाउँमा समेत सहकारीले आर्थिक विकासमा टेवा पुराउँदै आएको उनको भनाई सहकारीलाई अझै ब्यावस्थीत गदै गाउँ गाउँमा पुर्याउँन सके विकासले फड्को मार्ने पोखरेलले थपिन
राष्ट्रिय सहरकारी महासंघका अध्यक्ष केशव बडालले नेपालको सहकारी आन्दोलन प्रचारात्मक जागरण स्तरबाट अलि माथि उठ्दै गएको बताए नेपालमा सहकारी ऐन २०४८ आउँदा आठ सय ३३ वटा सहकारी संघ संस्था थिए अहिले यो संख्या बढेको उनले भने
पछिल्लो समय सहकारीको व्यापकता विकास भएको उनको भनाई थियो खासगरि ग्रामिण क्षेत्रका नागरिकलाई वित्तीय साक्षर बनाउने काममा सहकारीहरुको भूमिका महत्वपूर्ण अध्यक्ष बडालले थपे पछिल्ला वर्षहरुमा ग्रामिण क्षेत्रका धेरै जनता सहकारीमा आवद्ध भईसकेका छन् अझै पनि जागरणको खाँचो उनले भने
राष्ट्रिय सहकारी महासंघका तथा किशान आयोगका सदस्य रविन्द्र केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नम्बर एकका स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागी जनाएका छन गाउँपालिका देखि नगर उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको सहभागीतामा भएको कार्यक्रम आईतबार सम्म चल्ने प्रदेश नम्वर एकमा करीव हजार सहकारी रहेको अनुमान


सेयर गर्नुस्

0 comments: