कञ्चनजंघा हिमशृंखलाको पदमार्ग व्यवस्थित गर्न माग


  कञ्चनजंघा हिमाल आरोहणका लागि व्यवस्थित पदमार्गको निर्माण सुविधासम्पन्न
होटल स्थापना हुनुपर्ने पर्यटन व्यवसायीहरूको सुझाव विश्वको तेस्रो नेपालको दोस्रो अग्लो हिमशृंखला मध्ये हजार सय ८४ मिटर अग्लो कञ्चनजंघा आरोहण गर्नेको संख्या कम तुलनात्मक रुपमा महंगो भएका कारण पर्यटक वृद्धि गर्न समस्या रहेको व्यवसायीहरू बताउँछन् अरुण ट्रेक्स एन्ड एक्सपिडिसन ग्रुपका प्रवन्धक छाङ शेर्पा सम्भावना भएर पनि सदुपयोग नभएको बताउँछन्

पर्यटन मन्त्रालयको तथ्यांकअनुसार सन् २००८ मा हजार सय ९० विदेशी पर्यटक आएको क्षेत्रमा त्यसपछि वार्षिक सयभन्दा बढ्न सकेको छैन कञ्चनजंघा संरक्षण क्षेत्रको तथ्यांकअनुसार सन् २००० मा सय ७५ पर्यटक आएका थिए पछिल्लो वर्ष सन् २०१६ मा सय, १५ मा सय , १४ मा सय ६१, १३ मा सय ४८, १२ मा सय ५५, ११ मा सय , १० मा सय ९९ मा सय ९२ पर्यटकले भ्रमण गरेका छन्

संरक्षण क्षेत्रका वार्डेन हेमराज आचार्य दीर्घकालीन पर्यटन विकास योजना नबन्नु यहाँको मुख्य समस्या रहेको बताउँछन् राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार नहुनु, स्थानीय तह, राजनीतिक दल, नागरिक समाजको चासो कम हुनु, पर्यटन क्षेत्रमा काम गर्नेहरूबीच समन्वय नहुनु, स्थानीय निजी लगानी कम हुनु पर्यटन क्षेत्रको विकास हुन नसक्नु मुख्य कारण रहेको उनको दाबी

यो क्षेत्रका पैदल मार्गहरू पर्यटक लक्षित नभई स्थानीयका लागि एकदेखि अर्को गाउँ जोड्ने मात्रै छन् पर्यटकीय केन्द्रलाई जोड्ने मार्ग कमै मात्रै छन् लामो पैदलमार्ग, सञ्चार असुविधा, नियमित उडान नहुनु, क्याम्प साइड व्यवस्थित नहुनु चिया तथा खाजा खाने ठाउँहरूसमेत पर्याप्त नभएकाले पर्यटक तिनलाई गाइड गर्नेलाई समस्या रहेको पर्यटन व्यवसायीहरू बताउँछन् आचार्यका अनुसार पैदलमार्गमा जाने पहिरोले प्रत्येक वर्षजसो पैदलयात्रीको ज्यान जाने गरेको भने असारदेखि भादौसम्म बाढी पहिरोले पैदलयात्रा ठप्प हुने गरेको बाढीपहिरोले बिगारेको पैदलमार्ग पर्यटक उनीहरूका भरियाले हिँडेरै बनाउनुपर्छ लेलेप, ओलाङचुङगोला, तापेथोक याम्फुदिन गाविस समेटिएको क्षेत्रमा कहीं पनि मोबाइल फोन लाग्दैन मौसम सफा हुँदा एकादुई ठाउँमा राखिएका टेबुल फोनको भरमा पर्नुपर्छ


कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बो लिम्बू यो क्षेत्रमा आउने पर्यटकले तिरेको रोयल्टीको रकम अहिलेसम्म यहाँको विकासमा लगानी नभएको बताउँछन् कञ्चनजंघा क्षेत्रको पूरा भ्रमण गर्न २६ दिनसम्म लाग्ने गर्छ कञ्चनजंघाको भ्रमण गरेर फर्किएका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले अहिलेको बाटो हिंड्दा हिमाल देख्न नपाइने भएकाले हिमाल हेर्दै हिंड्दै गर्ने मार्ग पहिचान गर्न सक्नुपर्ने बताए अहिले कञ्चनजंघा क्षेत्रको पूरा रुट सय ८० किलोमिटरको सुकेटारताप्लेजुङलेलेपघुन्सा हुँदै उत्तरी बेसक्याम्पको सय किलोमिटर यात्रा गर्न १८ दिन लाग्छ सुकेटारयाम्फुदिनरामजेर हुँदै दक्षिणी बेसक्याम्पसम्मको ८८ किलोमिटर पार गर्न १६ दिन लाग्छ प्रारम्भिक सर्भे भएको माथिल्लो फेदीपाथीभरा देउरालीसिम्बुवालेलेप एक हप्ताको सर्किटबाट भने हजारमाथिका तीनवटा हजार मिटरमाथिका ११ वटा हिमाल हेर्दै छाँगा, झरना अवलोकन गर्दै भ्रमण गर्न पाइन्छ।स्थानीय भने यो क्षेत्रमा सञ्चार सुविधा पुर्याउन, सामुदायिक लज तथा होटल बनाउन, क्याम्पसाइडको मर्मत पैदलमार्गको व्यवस्थापन गर्नसके मात्रै पर्यटक वृद्धि हुने दाबी गर्छन्

तमोर, काबेली, घुन्सा, सिम्बुवाजस्ता ठूला नदी यिनले बनाएका भ्याली, नाङगाम, छेरचेन, पावुक, तिम्वूङ, सिजेमा, रामजेर, नाक्फीण्डा जस्ता पोखरी तालहरू रहेका छन् दर्जनौको संख्यामा मनोरम झरना, सून्दर भौगोलिक बनोट तथा मनोरम दृश्य यहाँका आकर्षण हुन् याङमा, खाम्बाचेन, लोनाक, रामजेर, चेराम, महुवाजस्ता हजार घुन्सा, ओलाङचुङगोला, फलेजस्ता हजार मिटरमाथिका बस्ती रहेका छन् कञ्चनजंघा, कुम्भकर्ण, यालुङ, ओकिखाङग्रीजस्ता हिमाल हिमशृंखला रहेका छन् हिउँचितुवा, ध्वाँसे चितुवा, रेडपाण्डा, नाउर, हिमाली कालोभालु, तिब्बतियन ब्वाँसोजस्ता वन्यजन्तु डाँफे, मुनाल, चिलिमेजस्ता चराचुरुङ्गी रहेका छन्



सेयर गर्नुस्

0 comments: