रतुवा पुलमा दुर्घटना, एकको मृत्यू एकको अवस्था गम्भिर

 झापाको दमक र कमल गाउँपालिका जोड्ने रतुवा पुलको बिचमा आज साँझ करिव ६ः२५ बजे सवारी दुर्घटना भएको छ । दुर्घटनामा एकको मृत्यू भएको छ भने अर्का एक जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटना पछि उपचार गराउन दमक स्थित लाईफ लाईन अस्पतालमा ल्याइपुर्याउने बित्तिकै मोटर साईकल चालकको मृत्यू भएको अस्पतालले जनाएको छ । मृतकको साथवाट प्राप्त सवारी चालक अनुमती पत्रका अनुसार मृतक साविक तोपगाछि ९ हाल कमल गाँपालिका १ निवासी दिनेश पोखरेल रहेको छ भने उनले चलाएका मोटर साईकलको नम्वर मे ७ प ३८८२ रहेको प्रहरीले जनाएको छ ।
बिपरित दिशावाट आईरहेको बसले ठक्कर दिएर दुर्घना भएको र उक्त बस प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दिपक गीरीले जानकारी दिए ।
घाईतेको टाउको र शरिरको अन्य भागमा समेत गहिरो चोट लागेकोले उपचार भैरहेको र अवस्था गम्भिर रहेको अस्पतलले जनाएको छ । घाईतेको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुस्

0 comments: