प्रेमका मीठा मीठा कुरा

मध्यान्ह बाह्र बजेको हुँदो हो मेरा आँखा अगाडि टेबलमा राखेको एक्काइस इन्चको रङ्गीन टिभीमा केन्द्रित थियो सिरानी पछाडि राखेर अडेस लगाएर उप्पर खुट्टी लगाउदै आराम गर्दै थिएँ छेउमा राखेको मोबाइलमा टिङ टिङ घण्टी आयो मेरो होस हवास नै उड्यो दायाँ बायाँ हेरेँ कोठा शून्य थियो छोरा छोरी स्कुल पढ्न गएका, श्रीमती घरधन्दामा व्यस्त थिइन्

लामो सास तान्दै भगवान जोगायौ, धन्य भन्दै तीन पटक भगवानको नाम पुकारेँ अझै कम भयो भनी फेरि पनि पुकारेँ कहिल्यै मोबाइल साउन्डमा हुँदैनथ्यो आज के गरी भयो पापी मन, श्रीमतीको षड्यन्त्र होइन रु फेरि उनलाई मेरो मोबाइल चलाएर बस्ने फुर्सद पनि कहाँ थियो ? नानी बाबुको हेरविचार, खानपान पूरै भ्याइनभ्याई हुन्थ्यो
मलाई अनुमान लगाउन छुट थियो कसैले रोक्नेवाला थिएनन् श्रीमतीको अगाडि यसरी फोन टिङ टिङ टिङ हुने हो भने सोझी मान्छे मोबाइल झटारो हान्दिन बेर थिएन झुक्याउने बानीले आफैलाई डरमा बाँच्न बाध्य पारेको थियो
सोचमग्न भएँ मेरो समय एकछिन मौनतमा बित्यो, कुन्ताको शङ्का गर्ने श्रीमती यसरी खुलमखुल्ला म्यासेज आको थाहा पाए मेरो सर्वस्व बिग्रने थियो फेरि मेरो गजबको बानी श्रीमतीको अगाडि बडो भलाद्मी भइदिन्छु टिभीको किरो बनिदिन्छु, सायदै नहोला टिभीमै ध्यान दिएर हेरेको दिन, मेरा लागि टिभी एउटा माध्यम मात्र हो
मेरो मन औधी डरायो एकछिन त्यो म्यासेजतिर ध्यान गएन, पेरि टिङ गर्यो तर्सिए अघि सोच्न मात्र भ्याएँछु, अझै मोबाइल साउन्डमै छाडिरहेको रहेछु हतारमा साइलेन्स मोड बनाएँ, शरीरबाट चिटचिट पसिना आयो
मेरो ध्यान म्यासेजतिर पट्टकै थिएन पूरै श्रीमतीसँगको काल्पनिक कुराकानीमा थिएँ मनमनै श्रीमतीसँग झगडा गरेँ आफैले झगडा सल्टाएँ अनि मन हल्का भयो बडो कष्ट गरी जितेँ जसरी पनि कुरा श्रीमतीको भन्दा माथि बनाउने जसरी पनि हराउने मेरो असली बानी यही हो अन्ततः मनमनै जितेँ यो मात्र त्यो केटी को हो हँ रु श्रीमतीको प्रश्नको उत्तर दिएको आफूलाई बचाउन हर प्रयास गरेको कल्पना कल्पिरहेको थिएँ
उनलाई त्यति लामो बहस गर्ने समय हुन्न तैपनी कहीँकतै कुरा उठेमा उनले नहार्दासम्म रोकिनेवाला छैन उनको लचकतापन मैले सोच्ने जस्तो कठोर पनि छैन उनी कुनै भलाकुसारी अन्य औपचारिक कुरामा श्रीमानसँग हार्दा पनि त्यत्रो गुनासो गर्दिनन् श्रीमानको जितलाई आफ्नो जित सम्झने उनको अनौठो व्यवहार यसैमा उनी भरपुर सन्तुष्ट हुन्छिन् श्रीमानको खुसी आफ्नो खुसी उनको दृष्टिकोण सधैँ सकरात्मक हुन्छ
मौनताको चक्करपछि मनमा कौतुहल जाग्यो मेरो होसहवास उडाउने मान्छे चाहिँ को थियो रु यसरी बेला कुबेला म्यासेज गर्ने को रैछ हेर्न मन लाग्यो एक पटक झ्यालबाट बाहिर हेरेँ श्रीमती पूरै व्यस्थ थिइन् मेरा लागि यो सुनौलो अवसर अनि सही समय थियो सीधै म्यासेज बक्समा पसेँ, अनिसा, अनिसा यो विलकुल नयाँ नाम थियो फेरि लास्ट थर थिएन नाम पनि थर पनि अनिसा, सोच्दै थिएँ त्यतिकैमा फोटो हेरेँ, वाउ कति क्युट फोटो यति सुन्दरी साच्चीकै मन लोभियो
कुनै लक्षणको कमी थिएन झ्वाट्ट हेरेँ, सिर्फ पहिलो हेराइमा नै त्यो तस्बिर हृदयमा कैद भयो आखाँ चिम्म गर्यो कि त्यो तस्बिर छर्लाङ्ग देखिन्थ्यो हतपत प्रोफाइलमा भिजिट गरँे सीधै फोटो जुम गरेँ, विलकुल नयाँ अनुहार थियो अबाउट अनिसा, आईडी अनिसा नै थियो मेल फिमेल डिटेल्स चेक गरे दुई तीन मिनेटको अन्तरालमा पूरै हेर्न भ्याएँ मन झनझन चञ्चल हुँदै थियो, समाल्न सक्दो कोसिस गरेँ मलाई अचम्म लागेको थियो हैन के देखेर यति राम्री सुन्दरीले मलाई म्यासेज गरेको कतै फसाउने हैन, सतर्क भएँ
साथी चेक गरेँ, एक जना मेचुअल फ्रेन्ड, मन चिसो भयो खासमा मेरो बानी यो मेचुअल फ्रेन्ड भएको लेडिजहरूसँग कुरा गर्न व्यर्थ झैँ लाग्छ तैपनी उनको पहिलो म्यासेज रिप्ले दिन मन लाग्यो
लगभग मान्छे फेक हैन भन्ने पक्कापक्की भयो अझै शङ्का लाग्यो कतै केटाहरूले दुःख दिएका हैन आजकल फेक आईडीबाट बढी फ्रेन्ड रिक्वेस्ट आउने गर्छ सीधै म्यासेन्जरमा कलिङ बटन दबाएँ दुई घण्टीमा कल कनेकटिङ भयो हेल्लो बडो मीठो लेडिज स्वर आयो, उनी बोलिन कल काँटे अझै चित्त बुझेन शङ्का झन् बढ्यो आजकल क्यारिकेचरको जमाना , केटाहरू नै लेडिज भ्वाइस निकाल्छन् सजिलै पत्याउन नसकिने कुरा थियो फेरि झ्यालबाट बाहिर हेरेँ
श्रीमती अझै नानीबाबुका स्कुलका युनिफर्म धुँदै थिइन, हतारमा फेरि यो मौकामा भिडियो कलको बटन दबाएँ, फेरि कल उठ्यो प्रोफाइल पिक्चरमा राखेको फोटो ठ्याक्कै मिल्यो मीठो मुस्कान दिएर हेल्लो भनिन् मैले पनि वाउ नाइस भ्वाइस लगाइदिएँ आँखा मज्जाले जुधे, हेराहेर मात्र भयो बोल्ने कुरा नै भेटिएन उनको मधुर मुस्कान थियो मेरा आखाँहरू एकछिन खुबसँग तिरमिराए त्यतिकैमा पछाडि आवाज आएझै लाग्यो सीधै कल काटे अनि गीत गुनगुनाएँ
फेरि झ्याल छेउ पुगेँ तल्लो फ्लोरमा श्रीमती के गर्दै छिन् भनेर हेरेँ उनी अझै व्यस्थ थिइन पछाडि आवाज आयो पक्का श्रीमती आइन भनेर काटेको कल फेरि गर्न मन लाग्यो उतैबाट म्यासेजको वर्षा भयो, कल किन काट्नु भयो हजुर
च्वास्सै मुटुमा चस्का हान्यो, के भनौँ भनौँ भयो सोचेँ केही भेटाइनँ, ब्यालेन्स सकिएछ मज्जाले ढाटिदिएँ, उनले सजिलै पत्याइन म्यासेज नै गरौँ कल पुग्यो, किन रु कल नै गरौ ! अहो मुर्छा परे कल गर्न बहुत मन थियो श्रीमती आउने डर, हैन च्याटमा नै कुरा गरौँ, यतैबाट दबाब दिए, मेरो दबाब सहजै स्विकार भयो
पहिलो म्यासेजमा नै झट्का लाग्यो उत्ताबाट आको म्यासेजमा पूरै मेरो तारिफ थियो हजुरको बोली कति मीठो, मुस्कान पनि, मन पर्यो यता मख्खै परेँ   यत्ताबाट मुस्कान दिएको दुई स्टिकर ठेलिदिएँ, एउटा फुच्ची हाँस्दै नाचेको स्टिकर पठाएँ, उत्ताबाट पनि त्यस्तै डबल आयो अब उकुसमुकुस भयो पानको पात ठेलिदिएँ, उताबाट थ्याङ्क्यूसहित डबल पानको पात आयो
अनि प्रश्न गरेँ, तिमी सिङ्गल कि डबल भनी सीधै सोधेँ हाहाहा सँगै खिस्स हासेको स्टिकर आयो, किन हाँसेको खै मेरो प्रश्नको जवाफ कति हतारो भाको हजुरलाई, सबै भन्छु केहतार नगर्नु ! त्यसो भए उत्तर देऊ, फेरि पनि प्रेसर दिए सिङ्गल हुँ जस्तीलाई कसले हेर्छ ? अहो यति राम्री ले पनि जस्ती भनेपछि मन् झन् तितरवितर भयो
दाँतमा ढुङ्गा लाग्यो, विश्वास लाग्दैन हो ? अलि सिरियस भएर सोधेँ, हैन हैन लाग्छ नि ! बडो आन्नद महशुस भयो सीधै ढोका खुल्यो, म्यासेजमा व्यस्त रहेँ कसैको वास्ता गरिन, श्रीमतीको आदेश आयो जानु नानीबाबु लिएर आउनू, घडी हेरे चार बजिसकेछ अहो समय कति छिटो गएछ, हतारमा निष्किएँ उत्ताबाट खुब म्यासेज आइरहेको थियो एक छिन है, पसल गएर आउँछु फेरि पनि ढाँटिदिएँ, नानी बाबु लिन जाने भनेर भन्ने कुरा भएन, ओके छिट्टै आउनु है पर्खेर बस्छु
हतारमा नानी बाबु लिएर घर आएँ अनि चिया खान नस्किएँ, एक छिन बाहिर गएर आउँछु है, सजिलै उनले हस् छिट्टै आउनु भनिन् अनि फ्री भए, अब जे भने पनि फिकर थिएन, भन आएँ म्यासेज सेन्ट हुन नपाई आउनु भयो साच्चिकै पर्खेर बसेकी रहिछन्, अनिसा नामैले बोलाएँ फस्ट टाइम क्याँ राम्रो लाग्यो रे अनिसा भनेर बोलाएको, अनि भन खाजा खायौँ सीधै सोधे छैन, तपाईंले छैन, चाउमिन हसुर्दै थिएँ, दिए पो खानु आउनु , साँच्ची हो
उनले सजिलै हो भनेपछि कुनै दिन भनिदिए, छिट्टै आउनु है
तिमी साह्रै मन पर्यो, यति मात्र भनेको थिएँ हो ? अब विवहा गर्नु नि मसँग उतैबाट यस्तो प्रस्ताव आयो देख्दै नदेखेको अनिसासँग गहिरो माया बस्यो हुँदा हुँदा प्रेम प्रस्ताव पनि च्याटमै भयो स्वीकार पनि अब मन भित्रभित्रै गदगद हुँदै रोमान्स गरिरहेको थियो समय हेरे सात बजिसकेछ अब भोलि भेट्ने वाचाको साथ च्याटबाट छुट्यौँ राति अनलाई आउनु भन्ने अनुरोध थियो व्यस्त भइन भने आउँछु भनेको थिएँ, हजुरलाई पर्खी बस्छु है अनिसाको अन्तिम च्याट यही थियो
खाना खाइसकेपछि सुत्न गयौँ नानी बाबु हल्ला गर्दै थिए थाकेछन् क्यारे ! छिट्टै निदाए, श्रीमती दिनभरिको काम ननिदाउने कुरै भएन, मलाई निन्द्रा पटकै लागेन उठेँ दायाँ-बायाँ हेरे सबै मस्तसँग सुतेका थिएँ मेरो पालो मोबाइल चेक गरेँसाइलेन्स थियो अनि डाटा अन गरे उनी दुई मिनेट अगो अफ भइछन् समय हेरेँ, रातको बाह्र बजिसकेछ
उनीसँग साथी भएको चौबीस घण्टा वितिसकेछ चौबीस घण्टा हैन, हाम्रो सम्बन्ध चौबीस वर्ष अघिदेखि चिनेको भेटेको, बोलेको भन्दा मजबुत थियो   दुबैलाई नभेटी नहुने रोग लागिसकेको थियो माया प्रेमका मीठा मीठा कुरा भए पुगेको थिएन तर रात विस्तारै बिहानीमा ढल्नै लागि सकेको थियो अनिसाबाट कान्छी, काली, नक्कलीसम्म पुगिसकेका थियौँ अब अन्तिम चुम्मा देऊ भने अनि सुत्ने भन्ने सम्झौता भयो भन्न नपाई चुम्माको स्टिकर आयो, एक पटक कल गर्न मन थियो तर गर्न सकिनँ आज शब्दकै चुम्मा चित्त बुझाउनुपर्यो मैले पनि टोटली टाइट हग गरेको स्टिकर ठेलिदिएँ भोलि भेट्ने वाचा कसमको साथ गुडनाइटको सङ्केत आयो बाईबाई बाबा।।। मैले पनि सङ्केत गरेँ, बाई स्विट हार्ट



सेयर गर्नुस्

0 comments: