अव थाहा पाउनु भएन भने ‘इन्द्रेको बाउ चन्द्रे आइपनि बचाउन सक्दैन’ : रञ्जु दर्शना

मतदातालाई मत हाल्नु अघि विवेक प्रयोग गर्न विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले आग्रह गरेकी छन् धरानमा पार्टीले गरेकोस्थानीयसँग अन्तरक्रियाकार्यक्रममा दर्शनाले अव पनि विवेक प्रयोग नगरे फेरि पछि पर्ने तर्क गरिन उनले देश विर्गाने ठूलाठूला नेताजीहरु मात्रै नभई मतदाताहरु पनि रहेको तर्क गरिन
त्यसका लागि पनि विवेक प्रयोग गरेर मत हाले भोलीका दिन असल नेताहरु पुग्ने उनले बताइन् देश विर्गाने ठूलाठूलो नेताजीहरु भन्दा अगाडी ठिक भन्ने हाम्रो वानी हो कतिञ्जेल ठिक कतिवर्ष ठिक उनले भनिन्, ‘ठिकै , चलेकै भनेर तपाईहरुले कहिले आँट गर्ने ?’
उनले अव युवाको काँधमा जिम्मेवारी आइलागेकाले अघि बढ्नको लागि सुझाव दिइन् सम्हाल्ने काम अव युवाहरुको हो उनले भनिन् उनले अग्रजहरुलाईसल्लाह, सुझाव समर्थनगर्नको लागि आग्रह गरिन् उनले अवका युवाहरुलाई देशमै टिकाउनको लागि पनि युवाहरु राजनीतिमा आउन आवश्यक रहेको बताइन् दशकौंदेखि देश फेलियर भएको देखिरहेका छौं त्यो देख्दादेख्दै पनि, त्यो अवस्था थाहा पाउँदा पाउँदै पनि यदी हामी फेरि पनि आफ्नै खुट्टामा बन्चरो हान्छौं भनेदेखिइन्द्रेको बाउ चन्द्रे आइपनि बचाउन सक्दैनभन्छन् नी त्यही अवस्था हाम्रो पनि हुन्छ उनले भनिन्।
उनले थपिन्, ‘हामी चाही दशकौंदेखि फेल भइरहेका मान्छेहरुलाई पास हुनुहुन्छ भनेर जानुसजानुस् भनेर धेकेलेको धकेलेकै छौं उनले जनताको अवस्था ठिक नहुँदा नहुँदै नेताको अवस्था ठिक हुन्छ भनेदेखि त्यो गोलमाल रहेको दाबी गरिन् त्यसक्रममा अर्का केन्द्रीय सदस्य गोविन्दनारायण तिम्सिनाले वेइमानीहरुलाई हैन, इमान्दारी नेताहरुलाई जिताउन आग्रह गरे
उनले यो चुनावमा युवाहरु निर्णायक भएकाले आफ्नो आँखाको पट्टी खोल्न सुझाव दिए कार्यक्रममा सुनसरी क्षेत्र नम्बर बाट प्रत्यक्ष तर्फ भिडन्त गरेका राजनकुमार श्रेष्ठ केन्द्रीय सदस्य डा. तारा काफ्लेले पनि भ्रष्टचारको अन्त्य, शुसासन कायम गर्ने उद्देश्यका साथ पार्टी अघि बढेकाले मत दिन आग्ह गरे डा. काफ्ले सुनसरी क्षेत्र नम्बर को समानुपातिक उम्मेदवारसमेत हुन्
साभार - ब्लास्ट खबर दैनिक 



सेयर गर्नुस्

0 comments: