![]() |
| चेतन आङ्थुपो |
बि.सं. २०४३ सालमा ईलामको चुलाचुलीमा माता ऐतरानी र प्रेमबहादुर आङ्थुपोको कोखबाट जन्मिएका चेतन आङ्थुपोको अर्को नाम हो चेतन डर । नाम जस्तै गाउमा बसेर रंगमञ्चको माध्यमबाट चेतना फैलाउन तल्लिन उनी चुलाचुली थिएटरका संस्थापक र हाल सहजकर्ता पनि हुन् । विगत एक दशकदेखि चुलाचुलीमा नाटकको वृद्धि र विकासमा तल्लिन चेतन हाल नाटकको अलावा अंग्रेजी साहित्यमा स्नातक अध्ययन पनि गरिरहेका छन् । अबको दश वर्षमा चुलाचुलीमा रंगमञ्चको आफ्नो बेग्लै पहिचानको सपना देख्ने उनै रंगकर्मीसँग सबिन राइ सँग गरिएको कुराकानी:
तपाई स्रष्टा, पत्रकार कि कलाकार ?
यी सबै साहित्यकै पाटो हुन्, त्यसैले म अहिले यहि भन्न सक्दिनँ, मलाई चिन्नु हुनेहरूले जे–जे काम गरिरहेको हुन्छु, त्यसरी नै बुझिदिए हुन्छ । मैले यहि मेरो पहिचान भनी हाल्ने समय अझै भएको छैन । सिक्ने प्रक्रियामा छु ।

तपाई आफैले चाही म के हुँ जस्तो लाग्छ ?
म आफैँलाई शुन्य चेतको प्राणी हुँ ! जस्तो लाग्छ, किनकि आजसम्म मेरो जिन्दगी शुन्य स्थानमै छ ।

नाटक क्षेत्रमा तपाईको आगमन चै कसरी भयो ?
जुन काम गर्न तीव्र इच्छाशक्ति थियो, त्यो मैले मेरो आईडियाबाट सुरू गरे, जतिवेला ममा अभिनयको भोक थियो, त्यो आईडिया सोलो नृत्यबाट मञ्चमा पुग्नकै लागि थियो, त्यो नृत्यमा मैले दृष्टिविहिन चरित्रको पीडा दर्शाउने अभिनय गरेको थिए, मेरो काम हेरेपछि एकदिन गाउँकै रोवर्ड नामको दाजुले विद्यालयबाट परीक्षा लेखेर फर्किदै गर्दा नाटक खेल्छौ भनेपछि मैले पहिलो नाटक ‘अमर–ज्योति’मा देव शमसेर नामको भिलेनको भुमिका गर्न मौका पाएको थिएँ । त्यो वेला १७ वर्षको थिएँ, नाटक र अभिनय के हो ? बुझ्दिन थिएँ, यति हो हाँस्नु, रूनु, चिच्याएर कराउनु नै भयङ्कर अभिनय होला भन्थे, त्यसपछि आधा दर्जन नाटकमा अभिनय गरे, त्यो वेला आँखा चिम्सो, अनुहारको मोडा लाम्चो, नाक थेप्चो भएका कलाकारले राम्रो स्थान नै थिएन, अभिनय गर्ने मन हट्यो, साहित्यमा लागे उपन्यास, कविता, गजल लेख्दा आफुलाई सन्तुष्ट लागेन, फेरि नाटक लेखन, निर्देशनतिर फर्किएँ, गाउँमा नाटक शैली परिवर्तन गर्ने नेतृत्वमा लागे, आज पनि रंगमञ्च के हो ? यस लाई बुझ्नकै लागि निरन्तर छु ।

चुलाचुलीमा नाटकको स्थिति कस्तो छ अहिले ?
२०६४ यतादेखि चुलाचुलीमा नाटकको ट्रेन नै बदलिएको छ, सवै भन्दा पहिले खटिया, तन्ना पर्दा, पुर्णाङकी नाटकलाई बिर्साउन, सेट, लाइटमा नाटक गरेपछि, अहिले नाटकलाई बुझने भाषा नै बदलिएको छ । नाटक भन्दा नि रंगमञ्च भनेर चिनिन थालेको छ, जहाँ आफुलाई निकै बुझेर, आफुलाई फरक पहिचान राख्नकै लागि यस क्षेत्रमा आउनलाई पढेलेखेका युवाहरूको आर्कषण देखिन्छ, तर अझै पनि नाटकको प्राविधिक पक्षलाई नजिकबाट दर्शकहरूले बुझ्ने वातावरण पाएका छैन । त्यो वातावरण बनाउन नाटकमा राम्रो लगानी लाग्ने हुन्छ, जुन लगानी हामी रंगमञ्च संस्था र कलाकार संग छैन, समग्रमा चुलाचुलीको पछिलो नयाँ पुस्तामा भने नाटक प्रतिको आकर्षण र बुझाई राम्रो छ ।

झापाले हेपेको ईलामले नदेखेको भनिएको चुलाचुलीमा बसेर लामो समय देखि रंगकर्ममा हुनुहुन्छ कस्तो अप्ठ्यारोहरू छन् त यहाँ ?
अप्ठयारा विनाको संघर्ष केही हुन्छ जस्तो लाग्दैन, तर म काम प्रति विश्वास राख्छु यहि कुराले मलाई मज्जा गराउँछ, तै पनि गाउँमा रंगमञ्च गर्नु कल्पना गरे जतिकै सजिलो छैन, गाह्रो छदैछ, ९ वर्षदेखि म गाउँमा छु, जतिवेला हामी दिनकै १० घण्टा पैदल हिडेर पहाडी ठाउँमा नाटक मञ्चन गर्न पुग्थ्यौं, त्यो हामी कलाकारभित्रको पागलपन थियो । म कलाकारसँग पानी र मुठि चिउरा, भुजा खाएर नाटक गर्न हिजो जसरी हिड्थे, आज पनि त्यसरी हिडिरहेछु । यति हो कामको अनुभव र प्रविधिले हिडाई कम गरेको छ, रै पनि एउटा खोला छ, त्यो खोला तरेर रंगमञ्च (थिएटर) आउन जानलाई हप्तामा दिनको २ घण्टा हिड्छु, रंगमञ्चको आफ्नै भवन छैन, नाटक मञ्चन गर्न पुग्दो सामग्री छैन, कहिले खोला किनार, कहिले जिर्ण सार्वजनिक हलमा नाटक रिहर्सल गर्नु पर्ने बाध्यता कम गर्न अहिले दस वर्ष जनयुद्धले असरपारेको जिर्ण सरकारी (वन कार्यालय) लाई रंगमञ्चम प्रेक्षालय वनाएर काम गरिरहेको छु । अब आफै सोच्नुहोस सङ्घर्ष कति ग्राहो छ ? रंगमञ्चप्रति नै म किन यो अप्ठ्यारामा जीवन बाँचिरहेको छु भन्ने कुरा ?

जम्मा कति वटा नाटक गरिसक्नु भो चुलाचुली थिएटरको व्यानरमा ?
कति गरियो भन्दा पनि किन, के गरिएछ, भनेर सोच्नुपर्छ नै हरेक काम गर्न अघि तै पनि नाटक होकि भन्ने खालका ५ वटा जति गरियो, बाँकी हिजोका समय, ज्ञानले भ्याए सम्म तीन दर्जन हाराहारीमा काम भएको छ ।

यति धेरै काम गरिसक्दा राज्यको लगानी चै के छ ?
त्यो त राज्यप्रति नै प्रश्न गर्दा राम्रो होला । तै पनि स्थानीय सरकार बनेको छ, स्थानीय सरकार प्रमुखहरूमा कला, साहित्य र संचार प्रति चासो छैन, नहुनु भनेकै अनविज्ञ हुनु हो । त्यसैले राज्यको लगानी शुन्य छ ।

तपाई स्थानिय निर्वाचनमा उम्मेद्वार पनि हुनुभो के यो रंगमञ्चबाट पलायन हुन खोज्नुभएको हो ?
हैन, रंगमञ्च मैले नसोचेको क्षेत्र हो, तर रंगमञ्चले नै मलाई फरक कामप्रति प्रेम गर्न सिकाया जसले प्रेम गर्नुभन्दा ज्यादा महसुस गराउँछ, भने त्यो निर्जीव वस्तु किन नहोस् त्यसबाट पलयान हुन सकिन ।

यदी हैन भने दुईटा डुङ्गामा खुट्टा हाल्न खोज्नु को कारण ?
कारण कहिलेकाही अभ्यास असंभव लाग्ने काममा गर्ने हो, २० वर्षपछि आएको चुनावले २० वर्ष सम्म अभावले थिचिएर टुलुटुलु आफु प्रतिको अज्ञान जीवन बाँचिरहेका जनताको चेतना र स्थानीय राजनीतिकरणलाई नजिकबाट बुझनलाई मैले उम्मेदवार दिएको थिए, जसको अर्को मुख्य कारण भनेकै कलाकारले, पत्रकारले राजनीतिक गर्नु हुन्न, भन्ने परम्परागत सोचलाई चिर्नु थियो, अझै कला, कलाकारको पौवँज निकाय सम्म राख्नलाइ पनि हो ।

तपाई पत्रकार पनि है ? कसरी समयको व्यावस्थापन गरिरहनुभएको छ ?
म आफुले चाहेको विषय लेख्ने मान्छे हुँ ! म कुनै मेडिया हाउसले नियुक्ति गरेको पारिश्रमिकमा हल्लिने पत्रकार हैन, पत्रकार मेरो ठाउँमा, गाउँमा जनताले दिएको उपनाम मात्रै हो,त्यसैले समय म संग रहने वहसको कुरा हैन, मैले समयको व्यवस्थापन गर्नलाई यति हो, मनले खाएको काम जुनै समय पनि गर्न सक्छु, म समयको मात्रै वेरोगार हुँ, कामको हैन ।

आज भोली नयाँ के गरिरहनु भएको छ र आगामी योजनाहरू के-के छन् ?
आजभोलीवाद संग म मान्य राख्दिन यति हो, म आफै के गर्ने अलमलमा छु, योजनाहरू छन, संस्थागत छन, जुन आगमी भन्दानी हिजोदेखि उहीँ सामाजिक स्तरमा, उहीँ वातावरणमा हुर्किरहेका नयाँ पुस्ताहरूलाई सहि मार्गको शुन्य अर्थ बुझाउनलाई जिरो लाईन अभियानको तयारीमा छु ।
आउँदो चुनाव पछाडि काठमाडौं मण्डला थिएटर नेपाल संग समन्वय गरि चुलाचुलीमै नाटक मञ्चन गर्ने योजना बन्दैछ ।

चुलाचुलीमा रंगमञ्चको भविष्य कस्तो देख्नुभएको छ ?
भविष्यको आकार, रंग आजसम्म मैले नदेखिएकोले थाहा छैन, यति हो यस ठाउँमा गर्दै जाँदा कामको परिणाम राम्रो रहन्दै जानेछ, दस वर्षपछि यस ठाउँमा रंगमञ्चको आफ्नै पहिचान स्थापित भइसक्नेछ ।

साभार - नया अनलाइन डट कम प्रस्तुतिः जीतमान राई सविन

0 comments: