ढुंगेल प्रकरणको सन्देश

सशस्त्र द्वन्द्वकालीन मुद्दा भएकाले अदालतबाट नभई सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत नै टुंग्याउन माओवादी केन्द्रले जोड गरिरहेको अवस्थामा ढुंगेल
पक्राउ परेका हुन् माओवादीले यसलाई विस्तृत शान्तिसम्झौताको मर्मविपरीत भन्दै निन्दा गरेको तत्काल रिहाइको माग गरेको यसले कतै शान्ति प्रक्रियासँग जोडिएका दुई पक्षहरूतत्कालीन अन्तरिम सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस माओवादी केन्द्रबीच असमझदारी बढाउने होइन भन्ने संशय पनि सिर्जना गरेको जुनसुकै प्रक्रियाबाट गए पनि जघन्य अपराधमा संलग्नले कारबाहीबाट उन्मुक्ति पाउने अवस्था भने बन्नु हुँदैन, तर ढुंगेल एक्लोको मुद्दानिरुपणले संक्रमणकालीन न्यायका जटिलतालाई सम्बोधन गर्न सक्दैन यसलाई संक्रमणकालीन न्याय प्रबन्धमा गरिएको हेलचेक्रयाइँले उत्पन्न गरेको परिणामका रूपमा लिनुपर्छ  
सशस्त्र द्वन्द्व चलिरहेका बखत २०५५ सालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा माओवादी नेता ढुंगेललाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो जिल्ला अदालत ओखलढुंगाले २०६१ सालमै ढुंगेललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सुनाएको थियो त्यसपछि पक्राउ परेर कैद सजाय भुक्तान गरिरहेका बेला पुनरावेदन अदालतले फैसला उल्ट्याइदिएपछि उनी रिहा भएका थिए माओवादीका तर्फबाट संविधानसभा सदस्यमा निर्वाचितसमेत भएका थिए २०६६ सालमा सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गरेपछि भनेफरार अभियुक्तबने तर राजनीतिक रूपमा सक्रिय देखिन्थे तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीलाई समेत ज्यान मार्ने धम्की दिएको अभियोगमा ढुंगेलविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएको थियो सर्वोच्चले बारम्बार ताकेता गर्दा पनि प्रहरीले पक्राउ गर्न आनाकानी गरिरहेकामा अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै कात्तिक  प्रहरी प्रमुखविरुद्ध अवहेलना मुद्दा दायर भएपछि ढुंगेल पक्राउ परेका हुन् अघिल्लोपटक पक्राउ पर्दा करिब सात वर्ष जेल बसेका उनले अब १२ वर्ष महिना २२ दिन कैद भुक्तान गर्नुपर्छ  
यसअघि सशस्त्र द्वन्द्वकालमा भएका काभ्रेका मैना सुनुवार तथा अर्जुन लामाको हत्याका विषयमा पनि पीडित पक्षले गुहारेपछि अदालतले प्रचलित कानुनअनुसार फैसला सुनाएको थियो यसैगरी गोरखा, फुजेलका कृष्ण अधिकारीको हत्यालगायत द्वन्द्वकालीन अन्य मुद्दा पनि अदालतमा चलिरहेका छन् संक्रमणकालीन न्याय व्यवस्थापनमा सरकार राजनीतिक दलहरूको उदासीनताका कारण पीडित पक्षले अदालत गुहार्नुपरेको हो नेपालले संक्रमणकालीन न्याय प्रबन्धलाई गम्भीरतापूर्वक नलिनाले नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा नजरबन्दसमेत रहनुपर्यो, जुन घटनापछि सेना, प्रहरी, माओवादी तत्कालीन सरकारमा रहेका कांग्रेस, एमालेका कतिपय नेता विदेश भ्रमणमा जाँदा सजग रहनुपर्ने अवस्था यी घटनाक्रम तथा परिस्थितिबाट पाठ सिकेर सरकार राजनीति दलहरूले संक्रमणकालीन न्याय निरूपणका थाती 
विस्तृत शान्तिसम्झौतामा अन्तरिम संविधान जारी भएको महिनाभित्र संक्रमणकालीन न्याय व्यवस्थापन गर्न दुई आयोग गठन गर्ने दुई वर्षभित्र घटना अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने उल्लेख भए पनि आठ वर्षपछि मात्र आयोग बन्नु नै विडम्बनापूर्ण थियो २०७१ माघमा गठन भएका सत्य निरूपण तथा मेलमिलाप बेपत्ता छानबिन आयोगको दुईवर्षे म्याद अनुसन्धान सुरु नहुँदै सकियो एक वर्ष थपिएको म्याद पनि बिनाप्रगति आगामी माघमा सकिँदै आयोगका कामकारबाहीमा कमजोरी पनि होलान्, तर यसमा प्रगति नहुनुमा सरकारको उदासीनता असहयोग नै मुख्य हो सत्य निरूपण तथा बेपत्ता छानबिनका विषयमा आवश्यक कानुन निर्माण नगरेको स्रोतसाधन नजुटाइदिएको आयोगको गुनासो मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी नदिने गरी बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा पनि सरकारले चासो दिएको पाइँदैन  
द्वन्द्वकालीन प्रत्येक मुद्दालाई नियमित अदालतले छुट्टाछुट्टै केलाएर हेर्न सम्भव छैन, यस्तो बाटोले शान्तिसम्झौताले चित्रण गरेको मेलमिलापकारी मार्गचित्रलाई समेट्छ सशस्त्र द्वन्द्वकालीन घटनाका सम्बन्धमा न्याय माग्न अदालत धाउनुपर्ने, अदालतको आदेशपछि प्रहरीसँग लुकामारी खेल्नुपर्ने, डराईडराई विदेश भ्रमण गर्नुपर्नेजस्तो असामान्य अवस्थाको तत्काल अन्त्य हुनुपर्छ यसको निकास सत्यनिरूपण तथा मेलमिलाप आयोग बेपत्ता छानबिन आयोगका कामलाई जतिसक्दो छिटो निष्कर्षमा पुर्याएर मात्र सम्भव शान्ति प्रक्रियालाई टुंगो लगाउन पनि यो अपरिहार्य  
कान्तिपुर सम्पादकीय 



सेयर गर्नुस्

0 comments: