झापा ३ मा सिटौला भर्सेज लिङदेन

कार्तिक १५, २०७४-अन्तत: नेपाली कांग्रेसका नेता कृष्ण सिटौला राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनबीच अलगअलग गठबन्धनबाट रोचक भिडन्त हुने पक्का भएको

यसअघि नेपाली कांग्रेस राप्रपावीच भएको चुनावी तालमेलले झापा मा राप्रपा महामन्त्री लिङ्देनलाई प्रत्यक्ष उम्मेदवार वनाउने सिटौलालाई समानुपातिकको टिकट दिने सहमति भएको थियो तर, सिटौलाले समानुपातिकमा असन्तुष्टि पोख्दै जुनसुकै हालतमा प्रत्यक्षवाटै लड्ने अडानपछि राप्रपा कांग्रेसवीचको चुनावी तालमेल टुटेको लिङ्देनले वाम गठबन्धनको साथ पाएका छन् सिटौला एक्लै लड्नेछन्  
लिङदेनलाई वामगठबन्धनले सघाउने राप्रपाले वाम गठबन्धनलाई सघाउने सहमति भएको वाम गठवन्धनमा आवद्ध एमाले माओवादीले वुधवार विर्तामोडमा संयुक्त पत्रकार सम्मेलनमार्फत लिङ्देनलाई सघाउने उद्घोष गरे एमाले झापाका प्रचार प्रमुख माधव विद्रोहीले लिङदेनलाई झापा मा सघाउने सहमति भएको प्रष्ट पारे  
सिटौलालिङ्देन भिडन्त तेस्रोपटक 
सिटौलालिङ्देनवीच पहिलो चुनावी भिडन्त ०५६ को आम निर्वाचनमा भएको थियो   तत्कालिन झापा बाट सिटौलालिङ्देन लडे तर, सिटौला विजयी भए  
०६४ को पहिलो संविधानसभा चुनावमा लिङ्दने उम्मेदवार थिएनन् त्यो वेला सिटौलाका प्रतिष्पर्धी थिए, माओवादी नेता पूर्णसिंह राजवंशी राजवंशीले सिटौलालाई भारी मतले पराजित गरेका थिए ०७० को दोस्रो संविधानसभामा लिङदेन पुन: उम्मेवार बने उनका निकटतम प्रतिष्पर्धी थिए, सिटौला   सिटौलाले दोस्रो पटक जित्दा उनी दोस्रो वने  
यी चिरपरिचित पुराना नेतावीच पुन: तेस्रो पल्ट भिडन्त हुँदैछ लिङ्दनेविरुद्ध सिटौलाले हेट्रिक गर्ने हुन् या लिङ्देनले पहिलो विजयी स्वाद चाख्ने हुन त्यो निर्णय भने मतदाताले गर्ने छन्   
जानकारहरुका अनुसार  झापा सिटौलाको गृह जिल्ला भएपनि लिङ्देनपपुलरमानिन्छन् अघिल्लो नगरपालिका निर्वाचनको परिणाम हेर्दा पनि त्यो थाहा हुन्छ   हल्दीबारी कचनकबल गाउँपालिकाको अध्ध्यक्ष, उपाध्यक्षसहित वहुमत सदस्य राप्रपाले जितेको थियो   कांग्रेसले वाह्रदसीमा मात्रै जितेको थियो राप्रपाका जिल्ला स्तरीय एक नेताले भने,‘हामी त्यसै पनि कांग्रेस भन्दा वलियो छौं, वाम गठवन्धनको साथले जित निश्चित नै गराएको ’ 
स्थानीय निर्वाचनमा प्रमुख पदहरुमा खसेको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा नेपाली कांग्रेसले २० हजार २२ मत प्राप्त गरेको थियो जसमा राप्रपाले १३ हजार सय ५० मत पाएको थियो  
एमालेले १५ हजार सय ६२ मत पाउँदा माओवादीले हजार सय ९१ मत पाएको थियो एमाले माओवादीको मत जोड्दा २४ हजार सय ५३ पुग्छ यदि यो मत लिङ्देनलाई जाने हो जीतका लागि सिटौला निकै कठीन मोडमा पुगेका छन्




सेयर गर्नुस्

0 comments: