पेल्टीमारि मा दिपावली साँझ तथा नृत्य प्रतियोगिता सम्पन्न

जुनु भुर्तेल /चुलाचुली - इलाम जिल्लाको दक्षिणी  गाउपालिका चुलाचुली गाउपालिका वार्ड नम्बर - ३ अवस्थित देउरालि समाज सुधार युवा समुह  ले  कार्तिक -२गते सुभ दिपावली तथा छट पर्व को  अवसर पारेर सुभकामना आदान प्रदान तथा सांगीतिक कार्यक्रम  र नृत्य प्रतियोगिता को  आयोजना गरेको थियो।

कार्यक्रम लाइ औपचारिक रुपमा अघाडी बढाउन का लागि कार्यक्रम मा   सभापति यसै  क्लब का अध्यक्ष श्री   भानुभक्त केरुङ्ग हुनुहुन्थ्यो भने प्रमुख अतिथि का रुपमा पेल्टीमारि प्रहरी चौकी का इन्चार्ज श्री युबराज राइ लाइ निम्त्याइएको थियो।  बिगत मा पनि विभिन्न चाड पर्वको अवसर पारेर यस्तै सामाजिक कार्य  गर्दै आएको देउरालि समाज सुधार युवा समुह चुलाचुलीको एक अभिन्न तथा उदाहरणीय संस्था रहेको र यसले आगामी दिनहरु  मा पनि यस्तै सामाजिक सदभाब र मेलमिलाप का कार्यक्रम ल्याउने आसामा चुलाचुली ३, ४ ,५ लगायत अन्य क्षेत्र बाट पनि दर्सक हरुको  को उपस्थिति भएको थियो।
कार्यक्रम को मुख्य आकर्सण नृत्य प्रतियोगिता मा प्रथम आशा लिम्बु दोस्रो रोसनी लिम्बु र तेस्रो सिर्जना राइ भएका थिए।  कार्यक्रम मा बिजयी प्रतियोगी लाइ पुरस्कार बितरण पश्चात सम्पुर्ण उपस्थित अतिथि प्रतियोगी आयोजक तथा दर्सक दिर्घा सम्पुर्ण ले एकै साथ निरन्तर २ घण्टा सम्म नाचगान गरेर रमाइलो गरिरहदा देसमा बिध्यमान जातजाति धनि गरिब बीचको विवाद  यहि कार्यक्रम बाट समाप्त भएको आभास हुने बताउछन कार्यक्रम मा उपस्थित दर्सक हरु।।



सेयर गर्नुस्

0 comments: