यस्तो हुनेछ मतपत्रको ढाँचा


कार्तिक १३, २०७४-निर्वाचन आयोगले प्रतिनिधिसभा प्रदेशसभा सदस्यको पहिलो हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको मतपत्र बेग्ला बेग्लै पानामा छपाउने निर्णय गरिसकेको जानकारीसहितको जवाफ सोमबार सर्वोच्च अदालतमा पठाएको

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा अदालतको आदेशमा भएको भावना मर्मसमेतलाई सम्मान गर्दै आयोगबाट निर्णय भएकोमा अदालतको अवहलेना गरेको मुद्दा खारेजीको जिकिर गरेका छन्  
आयोगले आइतबार सर्वोच्चको आदेश बमोजिम दुवैसभाको प्रत्यक्षतर्फको मतपत्र अलग अलग पानामा छाप्ने निर्णय गरेको थियो लिखित जवाफसँगै उक्त निर्णयको प्रतिलिपी तथा मतपत्रको ढाँचासमेत सर्वोच्चमा पेस गरिएको  
सर्वोच्चका सहरजिष्टार नारायणप्रसाद पन्थीले प्रमुख आयुक्त यादवले पेस गरेको जवाफबाट सर्वोच्च अदालतको आदेशको कार्यान्वयन भएको देखिएको बताए उनले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री तथा आयोगका प्रमुखसहित पाँचै जना आयुक्तहरुलाई विपक्षी बनाइएकोमा आयोगका पदाधिकारीहरुबाट जवाफ आइसकेको जानकारी दिए  
निर्धारित समयभित्रै आयोगका पदाधिकारीबाट लिखित जवाफ आएको ,’ उनले भनेप्रधानमन्त्रीबाट कात्तिक १५ गतेभित्र जवाफ आइसक्ने अपेक्षा त्यसपछि मात्रै मुद्दाको अन्तिम सुनुवाई हुनेछ ’ 
आयोगले यसअघि एउटै पानामा माथि मतपत्र प्रतिनिधिसभा तल मतपत्र प्रदेशसभाको मतपत्र छाप्ने निर्णय गरेको थियो समानुपातिक तर्फको मतपत्र त्यही अनुसार छापिसकिएको दुईटै सभाको मतपत्र अलग अलग पानामा छाप्नुपर्ने मागसहित राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्चमा निवेदन दिएका थिए सर्वोच्चले समानुपातिकतर्फको मतपत्र छापिसकेकाले त्यसलाई नरोक्ने तर प्रत्यक्षतर्फको मतपत्र छाप्न बाँकी रहेकाले अलग अलग पानामा छाप्नुपर्ने आसयको आदेश दिएको थियो  
सोही आदेशअनुसार आयोगले अलगअलग पानामा तेस्रो लहरमा चार ठाडो लहरमा पाँचवटा बक्समा गरी कुल २० वटा निर्वाचन चिन्ह रहने गरी मतपत्रको डिजाइन गरेको पहिलो चरणमा मंसिर १० हुन लागेको ३२ जिल्लाका प्रतिनिधिसभाको ३७ प्रदेशसभाको ७४ निर्वाचन क्षेत्रका लागि देखि बढीमा १७ जनासम्म उम्मेदवार छन् अधिकांश क्षेत्रमा १० जना भित्रै उम्मेदवार छन् उम्मेदवार कम भएकाले मतपत्रको आकार फोर पानाभन्दा सानो हुनेछ दोस्रो चरणमा कात्तिक १६ गते उम्मेदवारी परेपछि उम्मेदवारको संख्या अनुसार मतपत्रको आकार हेरेफेर हुनसक्ने




सेयर गर्नुस्

0 comments: