झापा क्षेत्र नं ३ को विषयमा काँग्रेस र राप्रपाबीच असन्तुष्टि बढ्दै

 झापा क्षेत्र नं मा उम्मेदवारी दिने विषयमा नेपाली काँग्रेस राष्ट्रिय प्रजातन्त्र पार्टीबीच केही असन्तुष्ट देखिएको झापा क्षेत्र नं बाट राप्रपाले महामन्त्री राजेन्द्र लिङदेनलाई उठाउने पक्कापक्की भएपछि काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले समेत उक्त स्थानमा आफू उठ्ने अनौपचारिक रुपमा घोषणा गरेसँगै दुई पार्टीमा केही असमझदारी बढेको

काँग्रेसले केही साता अगाडि सिटौलाको नामलाई समानुपातिकको अग्रस्थानमा राखेको भए पनि पछिल्लोपटक उनको नाम समानुपातिकबाट हटाएपछि राप्रपा बढी सशंकित भएको हो नेपाली काँगे्रसका अग्रज नेता तीर्थराम डंगोलले झापा क्षेत्र नं का पार्टी नेता तथा कार्यकर्ताले पूर्व महामन्त्री सिटौलालाई त्यस क्षेत्रबाट उम्मेदवार बनाउन दबाब आएपछि उनलाई उम्मेदवार बनाउन लागिएको जानकारी दिए सो क्षेत्रमा काँग्रेसले आफ्नो उम्मेदवार उठाएपछि त्यसको सट्टामा अर्को स्थानमा राप्रपालाई सघाउने नीति काँग्रेसको अहिले मुलुकमा चुनावको वातावरण बनाएर विकास, समृद्धि कायम गर्न लोकतान्त्रिक गठबन्धनको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले सो विषयलाई लिएर राप्रपाले गठबन्धनलाई असर पर्ने गरी निर्णय गर्न नहुने बताए
गठबन्धनले राप्रपालाई प्रतिनिधिसभामा सात सिट दिने समझदारी गरेपछि पार्टीको झापा क्षेत्र नं मा अत्याधिक सम्भावना देखिएकाले महामन्त्री लिङदेनलाई त्यहाँबाट उम्मेदवार बनाउने सहमति भएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए
राप्रपाले झापा क्षेत्र नं अतिरिक्त मकवानपुर , दैलेख , पर्सा , काठमाडौँ मा उम्मेदवारको टुंगो लगाइसकेको बाँके धनुषा दुई स्थानमा समझदारी हुनका लागि छलफल भइरहेको थियो आगामी मंसिरमा हुने प्रतिनिधि सभा प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले नेकपा माओवादी केन्द्र लगायतका वाम गठबन्धन तथा चुनावपछिको एकता कायम गर्ने सहमति भएपछि निर्माण भएको लोकतान्त्रिक गठबन्धनमा समेत चुनावमा सिट संख्यामा बाँडफाँड भएको हो



सेयर गर्नुस्

0 comments: