इलामको कन्याममा पर्यटकका लागि कटेज संचालन

इलामको सुर्योदय नगरपालीका -६ कन्याममा आन्तरिक तथा बाहिरि पर्यटक लाइ लक्षित गरेर पर्यटन व्यवसायी टेकराज गिरि ले पारिवारिक  रु ४५ लाखको  लागत मा कन्याम भिलेज कटेज संचालन गर्नु भएको छ।

चिया र पर्यटन साथ - साथै भन्ने नाराका साथ कटेज संचालनमा ल्याएको संचालक गिरि ले बताउनुभयो अर्ग्यानिक तरकारी स्थानिय जातका कुखुरा खरायो लगायतका मासु को परिकारका साथमा खाना र लजको समेत व्यवस्था छ।  कन्याम लाइ प्लास्टिक मुक्त अभियान मा  सहयोग गर्ने उद्धेस्य ले कटेज मा प्लास्टिक निषेध गरिएको गिरि ले बताउनु भयो
विभिन्न स्थान बाट कन्याम घुम्न आउने पर्यटकलाई लक्षित गरेर संचालनमा ल्याइएको कटेजमा क्याम्पिंग फायर, मिटिंग हल लगायतको व्यवस्था छ  साथमा कन्यामका रमणीय  स्थानको अवलोकन समेत गर्न सकिने र कटेजले  पर्यटकलाई आकर्सित गर्न इन्टरनेटको समेत व्यवस्था गरेको छ।
इलामको बिसेसताका साथ इलामका पर्यटकीय स्थानको जानकारी गराइनुका साथै अन्य पर्यतिकिया स्थलसम्म जान आउनका लागि सवारी साधनको समेत व्यवस्था गरिने बताइएको छ। कटेज मा आएका पर्यटकलाई इलामकै उत्पादन ग्रिन टि ले स्वागत गरिन्छ पर्यटकलाई लक्षित गरि कटेज संचालनमा ल्याइएको ले इलामको पर्यताना प्रवर्दन मा टेवा पुर्यानउने सुर्योदय नगरपालिका प्रमुख आर बि राइ ले बताउनु भयो। असोज महिना लागे संगै कन्याममा आन्तरिक तथा बाहिरि पर्यटकको भिड लाग्न थालेको छ।  खुल्ला मौसममा कन्चन जंघा हिमालको मनोरम दृस्य र चियाबारी को दृश्य ले पर्यटकलाई मोहित पार्ने गर्दछ यहाँ दैनिक सयौ को संख्यामा पर्यटक हरु आउने गरेका छन
 तपाइँ पनि इलाम पाचथर तथा ताप्लेजुङ्ग को भ्रमण निस्किदै हुनुहुन्छ भने तपाइको पहिलो बसाइ कन्याम मा हुनेछ जहाँ भरपुर प्राकृतिक सुन्दरता लाइ नियाल्न अनि पारिवारिक बाताबरण मा बिताउन सक्नु हुनेछ कन्याम भिलेज कटेज मा।  सम्पर्क का लागि राज अविरल यात्री -
९८४२६३३२११
श्रोत - माइपोखरी डट कम


सेयर गर्नुस्

0 comments: