![]() |
| राम कुमार प्रधान |
सधैं टेक्ने ढुङ्गामा ठेस लागेपछी कस्को के लाग्छ
बाटो कुर्दै दुश्मन सबै जागेपछी कस्को के लाग्छ !
बाटो कुर्दै दुश्मन सबै जागेपछी कस्को के लाग्छ !
बारम्बार आफ्नो मान्छेले बिस्वास नै टोडेर जान्छे
जानिजानी सिमानै उस्ले नागेपछी कस्को के लाग्छ !
मुटु दिन्छु भन्ने प्रेमीले प्रेमको सट्टामा झुक्याई
तातो गोली मुटुमै ताकी दागेपछी कस्को के लाग्छ !
न्यायालय घुस खाने भए , सुशासन कता हराए ?
पैसा बित्तो अदालतमा मागेपछी कस्को के लाग्छ !
ठूलै ठानेँ देशको मान्छे,बन्छे भान्छे,एक्लै पो खान्छे
लाजै नमानी दायित्वबाट भागेपछी कस्को के लाग्छ !
सर्जक:- राम कुमार प्रधान
मकवानपुर
थाहा नगरपालिका वडा नं.१

0 comments: