स्थानीय तहमा बैङ्क नहुँदा समस्या

 सुजाता सुनुवार -
इलामका सात स्थानिय तहमा बैङ्क नहुदा आर्थिक कारोबार गर्न कठिनाई भएको  
जिल्लाका माङसेबुङ्ग, फाकफोकथुम, माइजोगमाई, सन्दकपुर, रोङ, चुलाचुली गाउँपालिका माइनगरपालिकामा अझैपनि बैंकहरु स्थापना भएका छैनन् यसबाट सर्वसाधरण , शिक्षक , स्थानिय तहका कर्मचारी जनप्रतिनिधिलाई समेत समस्या भएको

निर्वाञ्चनपछि सबै अधिकार गाउँ आउँदा समेत कारोबारका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता ग्रामीण भेगका नागरिकमा रहेको माईजोगमाई गाउँपालिकाका प्रमुख जितबहादुर राईले बताए  उनले बैङ्ककै काम लिएर घण्टासम्मको बाटो हिडेर हप्तौ दिन सदरमुकाम धाउनु परीरहेको दुखेसो गरे  बैङ्क भवनको व्यवस्था गरेर गएको महिनौ बितीसक्दा पनि बैङ्क सञ्चालनमा समस्या भएका कारण हरेक काम गर्न समस्या भएको राईले जानकारी दिए
चालु आर्थिक वर्षको बजेट वत्तव्यमार्फत सरकारले वृद्धभत्ता, पेन्सन, शिक्षक भत्ता लगायत स्थानिय तहमा जाने सबै प्रकारका रकम पठाए पनि स्थानीयले भुक्तानी पाउन सकेका छैनन्  सदरमुकाम इलाममा नेपाल बैङ्क, कृषि विकास बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, प्रभु बैङ्क, सनराइज बैङ्क, माच्छापुछ्रे बैङ्क, एनआइ एसिया बैङ्क लगायतका निजी तथा सरकारी बैङ्कले सेवा दिइरहेका छन्
इलाममा चार नगरपालिका गाऊपालिका सहित  १० स्थानिय तह रहेका छन् सरकारले गत चैत्र २९ गते सबै स्थानिय तहमा शाखा खोल्न बैङ्कलाई निर्देशन दिएको थियो
सुजाता सुनुवार 




सेयर गर्नुस्

0 comments: