चुलाचुली विद्युत् समस्याः नहुँदा कतै छैन हुँदा एकै ठाउँमा २ तिरबाट बिजुली

झापाको सीमावर्ती इलाम चुलाचुली का स्थानीयलाई चुनाव आउने बेला दसैँसम्ममा गाउँमा बिजुली बल्छ भन्ने लागेको थियो। त्यतिबेला बिजुलीको तार तान्ने पोल गाड्ने काम धमाधम  भइरहेको थियो। उक्त विद्युत गाउँसम्म ल्याउँने काममा राजनीति होला भन्ने स्थानीयले
सोचेकासम्म थिएनन्। तर विद्युत विस्तारको काममा राजनीति भईरहेको स्थानीयलाई अहिले मात्र थाहा हुँदैछ। चुलाचुली को एउटै गाउँमा विद्युत विस्तार गर्न अहिले दुई पार्टी बिच प्रतिष्पर्धा नै भईरहेको छ।  उक्त स्थानमा एमाले माओवादीले चुनावका बेलादेखि अहिलेसम्म विद्युत विस्तारमा प्रतिष्पर्धा गरिरहेका छन्। एउटै गाउँमा विजुली पुर्याउँन एमालेले सांसद विकास कोषबाट केही उत्तरबाट विद्युतको पोल तार ल्याएको छ। भने माओवादीले दक्षिणबाट विद्युत विस्तारकालागि धमाधम काम थालेको छ। सांसद सुवास नम्बाङ्गको सांसद विकास कोषबाट आर्थिक वर्ष २०७३/७४ मा लाख बजेट विनियोजन भएको उत्तरबाट ल्याईँदै गरेको विद्युत विस्तारको काम अन्तिम चरणमा पुगेको एमालेबाट वडाअध्यक्षको उमेदवार बनि विजयी भएका वडाअध्यक्ष चन्द्र थापाले जनकारी दिए।  उनले भने, ‘सांसद विकास कोषबाट विनियोजन भएको बजेटबाट  जिल्ला विकास समितिले ४० वटा हाईटेन्सन विद्युतको पोल त्यसलाई लाग्ने तार तथा खरिद गरिदिएको , हामी अन्तिम चरणको काममा छौँ।यस्तै २०६४ सालमा चुलाचुलीमा विद्युत विस्तारकालागि स्थापना भएको चुलाचुली ग्रामिण विद्युत शहकारी संस्थामा उपभोक्ताको तर्फबाट चुलाचुली सामुदायिक वन मार्फत एक लाख ५० हजार जम्मा गरेको उक्त सहकारीले त्यस समयमा विद्युत विस्तार गर्न नसकेको उनले बताए।
उनले भने, ‘त्यतिबेला विद्युत विस्तार हुन सकेको थिएन, पनि त्यसको सेयर सदस्य भएका कारण अहिले हामीले सहकारीलाई लगानी गर्न माग्यौँ उसले हजार मिटर तार त्यसमा लाग्ने पोल दियो।त्यस्तै वडापालिकाको कार्यालय सम्म विद्युत पुर्याउँन गाउँपालिकाको कार्यालयबाट ६२ हजार बजेट ल्याएको बताए। उनले आफूले विस्तार गरेको विद्युत केही दिन भित्र गाउँमा आउँने बताए। उनले भने,‘ हाम्रो सबै काम सकियो ५० केभिको ट्रान्सफरमर चार्ज गर्ने काम पनि सकिएको , अब जिल्लाबाट हेर्ने मान्छे आउँछन् झापासंग सहकार्य गरेर बेलडाँगी शिविर छेउको फाल्गुनन्दको मन्दिर छेउबाट विजुली जोड्छौँ।उक्त विद्युतले आँपझोला, पोखरी डाँडा, धिमाल चोक बुकुवाका करिब साढे तीन सय स्थानीय लाभाम्वित हुने वडाअध्यक्ष थापाले बताए। थापाले विद्युत विस्तारमा राजनीतिक भएको स्वीकार गरे। उनले भने, ‘यहाँ प्रष्ट राजनीति भएको देखिन्छ, उहाँहरु निर्वाचित वडाअध्यक्षलाई सहकार्य गर्नु भएन तल आएको बजेटलाई मिलाएर विस्तार गरौँ भनेको मान्नु भएन।
यता दक्षिणबाट सोही स्थानमा विद्युत विस्तार हुने लाईनमा भने नेपाल विद्युत प्रधिकरणले गत वर्ष २५ लाख बजेट विनियोजन भएको जनाको समिति भएको चुलाचुली विद्युत उपभोक्ता समितिका सचिव चन्द्र दंगालले बताए। उनका अनुसार साढे लाख रुपैँया बजेट विनियोजन भएको बजेटले विद्युत विस्तारकालागि गाडेको २१ वटा हाईटेन्सन भोल्टेजको पोल त्यसमा लाग्ने तार विस्तार गरिएको भएपनि साउन अन्तिम साता आएको बाढीले बगाएको बताए। उनले अब साढे १४ लाखले विद्युत विस्तार भईसक्ने दंगाल बताउँछन्। उनी भन्छन्,‘ अब प्रकृतिक प्रकोपबाट कसैको केही लाग्दैन रहेछ, तर हामी विद्युत प्रधिकरणसंग सहकार्य गरेका छौँ, उहाँहरुले विस्तार गरिदिनु हुँन्छ।उनले उक्त विद्युतबाट उक्त विद्युतले आँपझोला, पोखरी डाँडा, धिमाल चोक बुकुवाका करिब सय बढी  उपभोक्ता लिवाम्भित हुने बताए। उनलाई विद्युत विस्तारमा राजनीति भएको हो भन्ने प्रश्नमा उनले भने,‘ विलकुलै राजनीति भएको होईन, नेपाल सरकारको यत्रो ठूलो प्रोजेक्ट हो, त्यसैले यहाँ राजनीति भएको छैन, यहीबाट नम्बर वडामा समेत विद्युत विस्तार हुँने हो।उनले आफूहरुले बेलडाँगी देखि केहि दक्षिणबाट विद्युत जोड्ने बताए। उनले आफूहरु अपभोक्ता समितिमा कार्यरत मात्र भएकाले कोही संग सहकार्य गर्ने नगर्ने भन्ने अधिकार नभएको बताए। उनले भने,‘ हाम्रो हातमा केही हुँदैन, कसरी मिल्छौँ भन्नु सबै प्रधिकरणको हातमा हुँन्छ, हामी यहाँ सहकार्य गरिदिने मात्र हौँ।

 विद्युत आउनेमा अझै आशंका यता, चुलाचुली का स्थानीयले भने विद्युत विस्तार गर्ने दुईवटा समुह बिच प्रतिष्पर्धा चल्दा आफूहरुलाई भने विद्युत नआउँने शंका भएको स्थानीय बताउँछन्। चुलाचुली आँप झोलाका युवा प्रकाश राईले जनता झुक्याईने काम भईरहेको बताए। उनले भने,‘ अहिले पनि विद्युत विस्तार हुँनेमा हामीलाई विश्वस छैन, पोल तार टागिँयो, तर विद्युत विस्तार हुनेमा हामीलाई विश्वाश छैन, पहिला पनि पोल टाँगिएको नि विजुली आएन।उनले चुनावका बेला जनता झुक्याउने काम भएको बताए। उनले भने,‘ यो दुईवटा पार्टीको विवादले पनि प्रष्ट हुँन्छ उनीहरुले विद्युत विस्तार गर्न चाहेका छैन, विद्युत विस्तार गर्न चाहेका भए मिलेर ल्याउँथे अझैपनि जनता झुक्याउने काम भईरहेको , चुनाव आउँने बेलामा मात्र विकास गर्न खोजिन्छ।उनले एउटै ठाउँमा दुई स्थानबाट विद्युत ल्याउन खोज्नु लजास्पद रहेको प्रतिक्रिया दिए। यस्तै चुलाचुली कै ध्रुब राईले विकासमा राजनीति नगर्न सबैलाई आग्रह गरे। उनले भने,‘ गाउँकै विकास हो, मिलेर विकास गर्दा भईहाल्छ नि किन विवाद गर्नु ?

By – taha sanchar


सेयर गर्नुस्

0 comments: