![]() |
| पशुपतिनगर इलाम |
इलाम । गोर्खाल्याण्ड आन्दोलनले इलामको पशुपतिनगर सीमा बजार सुनसान बन्दै गएको छ । व्यापार व्यवासाय ठप्प प्राय छ । ठूला व्यवसायी पलायन हुँदै गएका छन् । व्यापार बाहेक अन्य व्यवसायी नभएका दैनिक उपाभोग्य वस्तु सब्जी बेचेर गुजारा चलाउने किसानको जीविकोपार्जन संकटमा पर्दै गएको छ । किसानको बारीमा तरकारी कुहिएरै नष्ट हुन थालेको छ ।
दैनिक जसो किनबेचमा व्यस्त पूर्वी नेपाल इलामको पशुपतिनगर (नेपाल भारत) सीमा बजार हिजोआज सुनसान देखिन्छ । प्राय भारतीय पर्यटक र ग्राहकले भरी भराउ बजार गोर्खाल्याण्ड आन्दोनको कारण सुनसान भएको हो । ६ हप्ता अगाडि सुरु भएको गोर्खाल्याण्ड आन्दोलनले बजार सुनसान हुँदा यहाँको व्यापार व्यवसाय प्राय ठप्प जस्तै भएको छ । दैनिक साना व्यवसायीले पनि दश देखि १५ हजारको कमाई गर्ने बजारमा अहिले दिनको सय रुपयाँको पनि बिक्री नहुँने स्थानीय व्यापारी लाखमान खजुमले बताए ।
स्थानीय व्यवसायीका अनुसार बन्दले व्यवसाय सञ्चालनमा समस्या देखिन थालेपछि यहाँको ठूला व्यवासायी भारतको सिलिगुडी पलायन हुन थालेका छन् । लामो समय बन्द हुने हो भने पर्यटकीय बजार र व्यापारिक नाकाको रुपमा परिचित पशुपतिनगरवासीको जीविकोपार्जनमा संकट पैदा हुँनेछ । करिब ६ हप्ता अगाडिबाट सुरु भएको गोर्खाल्याण्ड आन्दोलनले सबै भन्दा बढी दैनिक उपभोग्य वस्तु सब्जी व्यवासयी र व्यापारको भरमा जीवन गुजार्दै आएका व्यवसायी बढी मारमा परेका छन् । सब्जी बेचेर दैनिक गुजार चलाउँने स्थानीयको सब्जी नबिकेर कुहिन थालेको छ । बन्दले व्यापारी नआउँदा बारीमा फलाएको सब्जी बारीमै कुहिन थालेकोले परिवार पाल्ने व्यवसाय संकटमा परेको स्थानीय तरकारी व्यापारी चन्द्र बहादुर सुनूवारले बताए ।
बन्दले व्यापारी नआउँदा किसालने उत्पादन गरेको सब्जी तीन घण्टा सवारी साधनको यात्रा गरेर झापाको काकरभिट्टाको बजारसम्म विक्रीका लागी लैजानु पर्ने बाध्यता छ । तर झापासम्म पु¥याउन त्यति सहज छैन । एक गाडी सामान लैजाँदा नै भाडा मात्र ४५ सय लिने गरेका छन् । यो भाडा वातावरण सहज हुँदाको भन्दा दोब्बरले बढी हो । किसानकै बारीमा २५ रुपैया केजीले विक्री हुने कोपी अहिले झापाको काकरभिट्टा लगेर दुई देखि पाँच रुपैयासम्म बिक्री हुने गरेको स्थानीय व्यवसायी बताउँछन् । प्रतिकेजी ९० रुपैया पर्ने धनियाँ पनि अहिले मुस्किलले ३० रुपैयाँमा बिक्री गर्नु परेको छ । यातायातको राम्रो सुविधा नहुँनु, सिमित मात्र हुनु जस्ता समस्याले पनि बिक्री केन्द्रमा पु¥याउन भाडामै बढी खर्च गर्नु परेको व्यवसायीको बुझाई छ ।
पशुपतिनगर इलाम

0 comments: