चुलाचुली बिकास को सम्भावना र एजेन्डा बिसयक अन्तर्कृया

सञ्चार मञ्चले चुलाचुली गाउँपालिका संभावना र एजेन्डा कार्यक्रम गरयाे ।
चुलाचुली/ जेठ २१,  समृद्धि समाजकाे लागि निष्पक्ष र स्वतन्त्र संचारकाे भूमिका नारा सहित अाइतबार सञ्चार मञ्च चुलाचुली, इलामले " चुलाचुली गाउँपालिका विकासको संभावना र एजेन्डा " विषयमा राजनीतिक पार्टीका उमम्मेदवारहरू संगकाे एजेन्डा प्रस्तुती गर्ने  कार्यक्रम सम्पन गरेकाे छ ।

राजनीतिक दलहरूकाे मतभेदकाे दुरि घटाउन सवै पार्टीको उम्मेदवारहरूलाई एउटै कार्यक्रम मञ्चमा उभियाएर स्थानिय एजेन्डा प्रस्तुत गर्ने लगाउने उदेश्यले चुलाचुली गाउँपालिका कार्यालयकाे सभाहलमा अायाेजना गरिएको कार्यक्रममा  गाउँपालिकाकाे मुख्य पार्टी उमम्मेदवारहरूले अा-अाफनै एजेन्डा  प्रस्तुत गरेको थियाे।
कम्यूनिष्ट एमाले केन्द्रका अध्यक्ष उम्मेदवार प्रदिपचन्द्र राईले विकासका पूर्वधारमा बाटाे, पर्यटन, शिक्षा  क्षेत्रकाे विकासलाई अाफनाे एजेन्डामा प्राथमिकता दिएकाे थियाे, भने कांग्रेसका अध्यक्ष उम्मेदवार राजेन्द्र केरूङले प्राविधिक  शिक्षा, स्वस्थ्य, खानेपानी , नहर र युवा स्वराेजगारलाई अाफनाे एजेन्डामा राखेका थियाे भने, संघिय समाजवादी फाेरम,नेपाल अध्यक्ष उम्मेदवार भूपेन्द्र याेङयाले भाैतिक विकासलाई भन्दा मानवीय न्यास, अधिकार, पहिचान जस्ता मुद्दालाई अाफनाे एजेन्डा प्रस्तुत गरेका थियो ।
 संघिय लाेकातान्त्रिक मञ्च संघिय लिम्बूवान मञ्च उपाध्यक्ष उम्मेदवार संगिता थलुङ लिम्बूवान पार्टीकाे एजेन्डा लिम्बूहरूकाे मात्र नरहेर नाै जिल्लामा रहेका १ सय २० जातिका संयुक्त पहिचानी एजेन्डा रहेकाे वताईन उनले महिलाहरूलाई अाफनाे एजेन्डामा पहिलाे प्राथमिकता अघि सारेकि छिन।
चुलाचुली गाउँपालिकालाई जिल्लामै नमुना र समृद्धि वनाउने साझा र सिर्जनशिल एजेन्डा हुनुपर्छ भन्ने कुरामा बुद्धिजीवी तथा साहित्यकार विवस बलिभद्र काेईराला, यवा बुद्धिजीवी सुवास अाङथुपाे ले अाफनाे धारणा प्रस्तुत गरेका थियाे ।
संघिय समाजवादी फाेरम नेपाल वडा नंं ३ र २ वठा अध्यक्ष उम्मेदवार मन कुमार थुलुङ, लिला लावती, वडा नं ३ र ४ एमालेबाट जनक काेइराला, काली प्रसाद भट्टराई लगायतको उपस्थिति रहेकाे थियाे ।

   कार्यक्रममा  सञ्चार मञ्च चुलाचुली इलाम काेषाध्यक्ष प्रदिप लावतीले मन्तव्य बाेलेकाे थियाे भने, मञ्चका सचिव छत्र चाम्लिङ राईले संचालन गरेकाे कार्यक्रम मञ्चका  अध्यक्ष चेतन अाङथुपाे काे संयाेजकत्वमा सम्पन भएको थियाे ।



सेयर गर्नुस्