इलाम : ८१ वटै वडामा एमाले उम्मेदवार तय

 नेकपा (एमाले) इलामले आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि इलाम जिल्लाका दशवटै स्थानीय तहका सबै वडामा उम्मेदवार तय गरेको छ । एमालेले बुधबार पार्टीको जिल्ला कार्यालयमा गरेको पत्रकार सम्मेलनमा ८१ वटै वडाका वडाध्यक्ष र सदस्यका उम्मेदवार सार्वजनिक गरेको हो । दशवटै तहमा नगरपालिकाका प्रमुख उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष उपाध्यक्षका उम्मेदवार भने एमालेले तय गरिसकेको छैन । ८१ वडामध्ये दुई वटा वडाका चारजना वडासदस्यमा भने एमालेले अन्य तीनवटा दलसँग एलाइन्स गरेको छ । एमालेले इलाम नगरपालिकाको वडानम्बर १ देखि १२ सम्म क्रमशः अम्बिका गौतम (साँखेजुङ), नारद लम्साल (सुम्बेक), पृथसिंह सुनुवार (पुवामझुवा), श्यामकमल मुखिया (माईपोखरी), ठाकुर श्रेष्ठ (बरबोटे), माधव भट्टराई (पिपलबोटे), सुमन श्रेष्ठ (सुन्तलाबारी), तिलक ठकुरी (सिङ्फ्रिङ), श्यामकृष्ण घिमिरे (गोलबस्ती), रोमबहादुर मगर (गोदक), नरबहादुर मगर (सोयाक) र चक्रबहादुर लिङ्दम (साङ्रुम्बा)लाई वडाध्यक्षमा उम्मेदवार बनाएको छ । सूर्योदय नपाको १ देखि १४ वडासम्म क्रमशः दिपेश राई (गोर्खे), चन्द्रकुमार सुब्बा (पशुपतिनगर), होमबहादुर कार्की (पशुपतिनगर), मधुसुधन लामिछाने (श्रीअन्तु), प्रेमबहादुर तामाङ (समाल्बुङ), शिवकुमार बस्नेत, डिल्ली घले, सुवास राई, देबेन्द्र शर्मा, पेमा उगेन लामा, टेकबहादुर राई, डोलेन्द्र भारद्वाज, हेमराज आचार्य (लक्ष्मीपुर) र मुना राई (लक्ष्मीपुर) वडाध्यक्षका एमाले उम्मेदवार बनेका छन् । देउमाई नपामा वडा १ देखि ९ सम्म क्रमशः मिनराज श्रेष्ठ (चमैता), अर्जुन खनाल, दावा तामाङ, भीमलाल खनाल, देबेन्द्र लिम्बू, भगिरथ राई (शान्तिडाँडा), हरिवाला राई (सिद्धिथुम्का), चन्द्र मगर र प्रेमसागर बराल (जितपुर)लाई वडाध्यक्षको उम्मेदवार बनाइएको छ । माई नगरपालिकामा वडा १ देखि १० सम्म क्रमशः पदमबहादुर फागो (दानाबारी), खम्बसिंह लिम्बू (दानाबारी), डिकबहादुर राई (दानाबारी), सूर्यप्रसाद दुलाल (दानाबारी, गम्भिरबहादुर तामाङ, मुखराज आङ्देम्बे (महमाई), राम सादेम्बा (महमाई), भक्तबहादुर आङ्देम्बे (महमाई), लिला राई (चिसापानी) र मोहनसिंह पौडेल (चिसापानी) एमालेका वडाध्यक्ष उम्मेदवार हुन् । एमालेले वडाध्यक्षका उम्मेदवारमा फाकफोक थुम गाउँपालिकामा वडा १ देखि ७ सम्म क्रमशः बेगबहादुर निरौला, पदमबहादुर तामाङ (फाकफोक), गुरुभक्त लामिछाने (आमचोक), हरि दंगाली (पूmएतप्पा), सिद्धमान आले (लुम्दे), टंकनाथ खनाल (एकतप्पा) र लोकबहादुर गोदार (एकतप्पा), चुलाचुली गापामा १ देखि ६ सम्म क्रमशः उद्धब ओझा, रनबहादुर लिम्बू, जनक कोइराला, कालिदास भट्टराई, चन्द्रकुमार थापा र हेमन्त राई (साकफारा) तथा माईजोगमाई गापाको १ देखि ६ सम्म क्रमशः याम कार्की (नयाँबजार), अमर थामी (जोगमाई), विरबहादुर देवान, गणेश राई (नामसालिङ), दाताराम सञ्जेल (सोयाङ) र भवानीप्रसाद लिङ्दम (प्याङ)लाई चयन गरेको छ । त्यस्तै माङ्सेबुङ गापाको १ देखि ६ सम्म क्रमशः लक्ष्मीप्रसाद लिम्बू (गजुरमुखी), कृष्णबहादुर बस्नेत (इभाङ), मैतराज राई, अमृतबहादुर राई (बाँझो), देवीकुमार लिम्बू (बाँझो) र किरण कुमार राई (बाँझो), रोङ गापाको १ देखि ६ सम्म क्रमशः बुद्ध ढकाल (शान्तिपुर), टंक अधिकारी (शान्तिपुर), खड्ग आले, रनबहादुर गुरुङ, युवराज खाप्तुवा राई (इरौँटार) र चन्द्रमणी राई (जिर्मले) तथा सन्दकपुर गापाको १ देखि ५ सम्म क्रमशः देऊबहादुर गुरुङ (माईपोखरी), गिरिराज खनाल (माईमझुवा), कृष्ण पाठक (सुलुबुङ), बर्तमान गुरुङ (माबु) र जितबहादुर साँवा (जमुना) लाई एमालेले वडाध्यक्षको उम्मेदवार बनाएको छ ।x


सेयर गर्नुस्