महासचिब द्वारा पार्टी कार्यालय उदघाटन

चेतन आङ्गथुपो/पेल्टीमारि    "संघिय गणतन्त्र, धर्म निरपेक्ष र लिम्बूवान स्वायत गणराज्य  स्थापनाकाे लागि एक जुट हाेअाैं ।" नारा रहेको संघिय लिम्बुवान पार्टी नेपाल ले आज माघ ८ गते   चुलाचुली-७ पेल्टीमारि  यलम्बर चाेक स्थित संघिय लिम्बूवान पार्टी नेपालकाे चुलाचुली गाउँ  कार्य समिति, इलामकाे पार्टी  कार्यालय उदघाटन  गरेकाे छ ।

संघिय लिम्बूवान पार्टी नेपाल चुलाचुली गाउँ कार्य समिति अध्यक्ष अमृत देवानकाे संयाेजकत्व रहेकाे कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय महासचिव प्रेमदीप थामसुहाङ द्वारा कार्यालय उदघाटन तथा पार्टी  सदस्यता  पत्र वितरण गर्नु भएको थियो  । 
प्रमुख अतिथ थामसुहाङले कार्यक्रममा बाेल्दै भन्नु भयो , " संघिय लिम्बूवान पार्टी , नेपालले स्थानि सरकार बनाउन लिम्बूवानवासि एक हुनु पर्ने बताउनु भयो  ।, स्थानिय जाति, धर्म, भाषा र संस्कृतिलाई संरक्षण र विकासकाे लागि आफ्नो  पार्टीले गुरु याेजना तयार गर्ने बताउनु भयो  ।
उत्त कार्यक्रममा  केन्द्रीय सदस्य  शरण जवेगु, हाइजन अाङथुपाे लगायत ६० जनालाई  पार्टी सदस्य वितरण गरिएको थियो  । झापा जिल्ला युवा परिषद का  अध्यक्ष  भाइचुङ  साम्रा, लिम्बूवान विद्यार्थी मञ्चका अध्यक्ष अशाेक घिमिरे लगायतले कार्यक्रममा संघिय लिम्बूवान पार्टी नेपाल बारे युवाहरूकाे मुख्य भुमिका रहनु पर्ने बारे बाेलेका थियाे ।
चुलाचुली गाउँ कार्य समिति इन्चाज नरेश माङमाे ले मनतव्य राखेका  थिए, उत्त कार्यक्रममा कार्यालयकाे  व्यवस्थापनको  लागि भवन उपलब्ध गराउने भिमकुमारी अाङथुपाेलाई समेत खदा अाेडाएर सम्मान गरेका थियाे । उत्त कार्यक्रम मा संघिय बादी तथा धर्म निरपेक्ष का पक्षधर गाउ बासिको उपस्थिति रहेको थियो भने कार्यक्रम लाइ  अर्पण राइले संचालन गरेका थिए  




सेयर गर्नुस्