नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष डिकेन्द्र इदिङ्गोले जिल्ला कार्य समितिको पुनर्गठन गरेका छन् । काम विशेषले जिल्ला बाहिर रहेका कार्यकर्ताको हेरफेर गरी जिम्मेवारी बाँडफाँड भएको उनले बताएका छन् । संघको विधान तथा संशोधित नियमावली २०७३ बमोजिम गरिएको पुनर्गठनले संगठनलाई मजबुद बनाउने र पदाधिकारीको भूमिका अझै बढ्ने उनले बताए । नवगठित समितिमा सहसचिव टीकाराम पुरीलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । सहसचिवमा सुवास घिमिरे, कोमल सुवेदी इन्दिरा लकान्द्रि रहेका छन् । सचिवमा लक्ष्मण चौलागाई नै यथावत रहेका छन् । कोषाध्यक्षमा हिमाल बस्नेत रहेका छन् । नवगठित जिल्ला कार्य समितिको सदस्यहरुमा रुद्र रानामगर, रविन राई, सरोज कटुवाल, प्रज्वल प्रधान, आकाश बराइली, विपिन बस्नेत, युवराज गड्तौला, सन्तोष गौतम, सन्तोष खत्री, जीवन तामाङ, हिमाल खनाल, कृष्णकला खतिवडा, सञ्जिता बस्नेत, महेश सापकोटा, मनोज लाप्चा, विपी नेपाल, आस्था पौडेल, भूपाल गुरुङ, नविन आचार्य, खोम खतिवडा, दिपक पाठक, दिपेश भट्टराई, युवराज गुरुङ, दिपेन आचार्य, रोहित थामी, मनिषा चौलागाई, मनिन्द्र राई, यलम्बर साँवा, निरोज तामाङ, श्रद्धा पौडेल, अर्जुन कार्की, विनोद कार्की, सम्झना एक्तेन, हेमन्त खड्का, प्रशान्त तामाङ, निराजन भट्टराई र रोजित बस्नेत रहेका छन् ।
सन्दकपुर अनलाइन बाट