![]() |
| गजलकार - गजत कार्की |
एउटा महान गजलकार माथि बसेको छ
दिनहुँ नया-नयाँ गजल छापी बसेको छ !
दिनहुँ नया-नयाँ गजल छापी बसेको छ !
,
कतै फूल झैं छन् कहीं पत्थर उस्का रचना
दिल ढुंगाको ढुंगामा फूल-पाती बसेको छ !
कतै फूल झैं छन् कहीं पत्थर उस्का रचना
दिल ढुंगाको ढुंगामा फूल-पाती बसेको छ !
,
पत्थरले सुनेन कहिल्यै न देख्यो मान्छेले !
मेरा दर्दको उही एउटा साक्षी बसेको छ !
पत्थरले सुनेन कहिल्यै न देख्यो मान्छेले !
मेरा दर्दको उही एउटा साक्षी बसेको छ !
,
यो 'जगत' नै हो सुन्दर गजल कृति उस्को
उसैको इशारा-धुनमा जो नाची बसेको छ !!
यो 'जगत' नै हो सुन्दर गजल कृति उस्को
उसैको इशारा-धुनमा जो नाची बसेको छ !!
