गजल

गजलकार - धर्म अधिकारि। 'सन्देश'
म सङ्ग ओईलिएको जवानी छ।
सुन्ने हो?रमाइलो प्रेम कहानी छ।
सम्झिएर मायालु चित्त बुझाई
छट्पट्टीमा बाँच्नु पर्ने हैरानी छ।
कथा सुन्न एकान्तमा आउनुस ल
तपाई सङ्ग छुट्टै कुराकानी छ।
पत्याउनु भएन??आई त हेर्नुस
म भित्र प्रेमीहरुको निशानी छ।
प्रेम पीडा सुन्ने हो कि रसरङ्का कुरा?
कस्तो कुरा मन पर्छ छानी छानी छ।
-धर्म सन्देश
चुलाचुली,इलाम
हाल-के.एस.ए.


सेयर गर्नुस्