इलाममा जनक पार्क निर्माण

इलाम नगरपालिकाले जनकपार्क निर्माण गरेको छ । मेचीराजमार्गसंग जोडिएको सिंहबाहिनी गोलाईमा ८ लाख ६५ हजार एकसय ६० रुपैयाँ लागतमा पार्क निर्माण भएको हो । चारलाख ९० हजार एकसय ६० रुपैयामा माई भगवति निर्माण सेवाले निर्माणको जिम्मा लिएको थियो । पार्कमा राखिने मूर्ति तीनलाख ७५ हजारमा गोलशिमल मूर्तिशालाले खरिदको जिम्मा लिएको इलाम निगरपालिकाका इन्जिनियर दिपक गुरागाईँले जानकारी दिए । इलाम नगरपालिका ७,८ र ९ नम्वर वडाको संगमस्थलमा निर्माण भएको जनक पार्क मंगलवार उद्घाटन भएको छ । इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्माङले उद्घाटन गरेका हुन ।उद्घाटन कार्यक्रममा नगरप्रमुख बस्नेतले सालिक मात्र नभएर राष्ट्रिय एकताको प्रतिकको रुपमा रहेको बताएका छन । जनकचोक तिन वडाको संगम स्थलमा रहेको यो चोकलाई राजा जनकको नाममा समर्पित गरेर चोकको नाम जनकचोक नामाकरण गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले खेर गइरहेको एउटा खोल्सोलाई व्यवस्थापन गरेर विभिन्न संरचना निर्माण गरेर इलाम नगरपालिकाले उदारणीय काम गरेको बताए । इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालिवहादुर भूजेलले राष्ट्रिय विभूति राजा जनक ऐतिहासिक महत्वको व्यक्तित्व भन्दै इलाम नगरपालिकाले ऐतिहासिक व्याक्तित्वको शालिक अनावरण गरिरहँदा नेपालीहरुको साझा भावनात्मक एकताको समेत अनावरण गरिरहेको बताए । भूजेलले मैथिलि संस्कृतिका व्यक्ति, जनकपुर एरियाका व्यक्ति इलाम आउँदा उहाँहरुले गर्व महशुस गर्ने बताए । कार्यपालिका सदस्य सिता रिजालले इलाम नगरपालिकाले इलामको विकासमा उदारणीय काम गरेको बताईन । उद्घाटन कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत राम शाहले गरेका थिए ।लोकल सन्देश बाट साभार

सेयर गर्नुस्

0 comments: