माईजोगमाई गाउँपालिका भौगोलिक रुपमा बिकट गाउँपालिका नै मानिएता पनि माईजोमाई गाउँपालिकामा जनप्रतिनिधि आएपछि बिकासको काम तिब्र गतिमा भएको छ । माईजोगमाई गाउँपालिका बासी धेरैजसो कृषि पेशामा आबद्द भएता पनि गाउँपालिकामा अवस्थित केहि नागरिकहरुको आफ्नो नाममा जग्गा छैन । गाउँपालिकामा भुमि बिहिन भएका हरुको मानिसको संख्या त छदै छ यसैगरी भुमि भएर पनि आफ्नो नाममा जग्गाधनि प्रमाण पुर्जा नपाएर बर्षौदेखी बसिरहेका पनि धेरै नै रहेका छन् । यसैगरी गत आर्थिक बर्षको अन्तिममा भुमि सम्बन्धी समस्या समाधान आयोगले माईजोगमाई गाउँपालिकामा बसोबास गर्ने भूमिहिन दलित भूमिहिन सुकुमबासी र अब्यवस्थित बसोबासीको पहिचान तथा लगत संकलन गर्ने काम गरेको र पछि आयोगले काम रोकेको हुदा माईजोगमाई गाउँपालिका बासी निरासमा भएका थिए । तर माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राईले माईजोगमाई गाउँपालिकामा बसोबास गर्ने भूमिहिन दलित , भूमिहिन सुकुमबासी र अब्यवस्थित बसोबासीको पहिचान लगत संकलन तथा जग्गा धनि प्रमाण पुर्जा समेत हस्ताणतरण हुने गरी राष्ट्रिय भुमि आयोगमा पुगेर राष्ट्रिय भुमि आयोग सगँ लिखित सम्झौता गरिएको छ।
गाउँपालिका अध्यक्ष जित बहादुर राईको अनुसार गाउँपालिकामा जग्गा धनि प्रमाण पुर्जा नपाउने सुकुमबासीले अव जग्गा धनि प्रमाण पुर्जा छिट्टै पाउने छन् । गाउँपालिकाको नयाँबजार क्षेत्र सगै गाउँपालिकाको सबै क्षेत्रको अध्यवधिक गर्न बाकी जग्गा धनि प्रमाण पुर्जाको अध्यवधिक कार्य समेत सम्पन्न गरिने र गाउँपालिकामा रहेको अब्यवस्थित बसोबासलाई ब्यवस्थित बनाईले गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । राष्ट्रिय भुमि आयोगको तर्फबाट आयोगका अध्यक्ष केशव निरौला र गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष जित बहादुर राईले संझौतामा हस्ताक्षर गरे ।
राष्ट्रिय भूमि आयोग र माईजोगमाई गाउँपालिका बिचमा सम्झौता
प्रकाशित मिति: 3/14/2022 09:56:00 AM
0 comments: