रुसी सेना युक्रेन को राजधानी प्रवेश , सडक मा भिडन्त सुरु
प्रकाशित मिति: 2/27/2022 11:08:00 PM
युक्रेनको राजधानी किभको सडकमा रुसी सेनासँग भिडन्त सुरु भएको सरकारलाई उद्धृत गर्दै युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ । ‘हाम्रो सहरको सडकमा भिडन्त भइरहेको छ,’ समाचार एजेन्सीले जनाएको छ । समाचारमा सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र झ्याल वा बरन्डामा ननिस्कन चेतावनी दिएको छ ।
रुसले युक्रेनमाथि सैनिक कारबाही सुरु गरेको आज तेस्रो दिन हो । शनिबार युक्रेनको सबै मुख्य शहरहरुमा विस्फोट भएका छन् । यसबीच युक्रेनले ३ सय रुसी सेना बोकेको दुईवटा विमानलाई खसाएको दाबी गरेको छ । यता, रुसी सैनिकले किभको विमानस्थलमा कब्जा गरिसकेको बताइएको छ । रातोपाटी बाट साभार
0 comments: