इलाम: सुर्योदय नगरपालिका ६ हर्कटे चौक स्थितमा प्रहरी चौकी हर्कटे बाट प्रहरी सहायक निरीक्षक कमाण्डमा खटिएको चेकिङ टोलीले फिक्कल बाट झापा तर्फ जादै गरेको मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा कारमा सवार जिल्ला ईलाम सुर्योदय नगरपालिका १० फिक्कल बस्ने बर्ष ३५ अनुप अग्रवालको साथमा रहेको कालो ब्याग बाट भारु ११,००,०००/- रुपैया फेला परेको हुदा अनुप अग्रवाल, कार र कार चालक सुर्योदय नगरपालिका ८ बस्ने बर्ष ५१ को कर्ण कठायत समेत लाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पशुपतिनगर राखिएकोमा आबश्यक अनुसन्धान पछि कानुनी कार्बाहीको लागी आज मिति २०७८।०६।१८ गते नियन्त्रणमा लिएको २ जना मानिस, गाडि र बरामद भएको भारतिय नोट राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाएको छ ।
लाखौं भारतिय नोट सहित मानिस पक्राउ
प्रकाशित मिति: 10/05/2021 10:43:00 PM

0 comments: