इलामेलीको पीडामा मल्हमपट्टी हाम्रो अभियान

 

कोभिड संक्रमणले आफ्नो जिल्ला प्रभावित बनेपछि विदेशमा रहेकाहरूले सहयोग जुटाउने अभियान तीव्र बनाएका छन् । आफू जन्मेको जिल्लालाई कोभिडसँग जुध्न सहयोग गर्ने प्रतिबद्धतासहित सहयोगका लागि जुटेका हुन् । इलाम घर भएका विदेशमा बसिरहेकाहरूबाट सहयोग जुटिरहेको छ ।

कोभिड व्यवस्थापन तथा राहत कोषमार्फत १८ लाख रुपैयाँभन्दा धेरैको स्वास्थ्य सामग्री सदरमुकामको इलाम अस्पतालसहित १० वटै पालिकासम्म पुर्‍याइएको छ । हरेक पालिकालाई सेमिफोल्डिड बेड ३ थान, सादा बेड २ थान, पीपीई १० सेट, सेनिटाइजर १० लिटर, मास्क ५ सय थान, ग्लोब्स ४ सय जोर, फेससिल्ड १० थान, थर्मल गन १ थान र अक्सिमिटर ३ थान हस्तान्तरण गरिएको छ

‘इलामेलीको पीडामा मल्हमपट्टी हाम्रो अभियान’ अन्तर्गत जुटेको सहयोगलाई कोभिडबाट प्रभावित जिल्लावासीलाई तत्काल राहत पुर्‍याउने उदेश्यले उक्त सामग्री वितरण गरिएको अभियानमा सक्रिय निरोज खड्गीले बताए ।

अभियानमा इलाम उद्योग वाणिज्य संघ, रेडक्रस, पत्रकार महासंघ र समाजसेवी जुटेका हुन् । अभियानअन्तर्गत इलाम अस्पताललाई ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

कोषमा अमेरिका र क्यानडाका इलामेलीहरूले थप करिब १८ लाख रुपैयाँ सहयोग जुटाएका छन् । ‘इलाममा कोभिडले ठूलो क्षति भइरहेको अवस्थामा प्रवासमा बसेर पनि केही सहयोग गरौं भन्ने उद्देश्यले रकम संकलन अभियान चलाएका हौं,’ अमेरिकामा रहेका माधव गुरुङले भने । संकलित रकम इलाम उद्योग वाणिज्य संघको खातामा जम्मा हुने गरेको छ ।स्तै काठमाडौंवासी इलामेलीले संकलन गरेको स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयलाई दिइएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कामार्फत हस्तान्तरण गरिएको हो ।हस्तान्तरित सामग्रीमा मास्क १ लाख थान, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) ४ सय सेट, एन्टिजेन किट ३ सय थान, केएन ९५ मास्क २ हजार ५ सय थान, पल्स अक्सिमिटर २५ थान, सेनिटाइजर १ सय थान, प्यारासिटामोल १० हजार थान र जिन्क ५ हजार थान छन् ।स्तै काठमाडौंमा रहेर विभिन्न सामाजिक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएका तारा–रोजु सापकोटाको तर्फबाट जनस्वास्थ्य कार्यालय इलामसहित सूर्योदय नगरपालिकामा सामग्री दिइएको छ । १० लाख रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको इलामको सूर्योदय नगरपालिकाको जहरसिंह गाउँ पुर्ख्यौली घर भएका तारा सापकोटाले बताए । इलाम टाइम्स बाट


सेयर गर्नुस्

0 comments: