नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र
नरहेको परीक्षण गर्न सक्ने ‘स्व–परीक्षण वेब एप’ सार्वजनिक गरेको छ ।कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले विशेषज्ञ चिकित्सकहरुको
परामर्शमा वेब सञ्चालनमा ल्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी
दिए। वेबबाट कोरोना भाइरस संक्रमणको लक्षण रहे नरहेको आफैं परीक्षण गर्न
सक्नुका साथै कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि
प्रेरित गर्ने, नदेखिए मानसिक तनावबाट मुक्ति दिलाउन सघाउने प्रवक्ता
शर्माले बताए।
नागरिक पंक्तिमा कोरोना जोखिमबारे सचेतना थप अभिवृद्धि गराउन, भौतिक रुपले परीक्षणको दायरा फराकिलो हुन नसकिरहेको बेला मनोवैज्ञानिक रुपले ठूलो पंक्तिलाई स्व–परीक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउन र संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न व्यक्ति, समुदाय र सरकारलाई सघाउन एप बनाइएको शमाको भनाइ छ।
इन्जिनियरद्वय शशांकश्री न्यौपाने र दिपेश बिष्टले बनाएको एपwww.nepalicongress.org/covid19/मा गएर प्रयोगमा ल्याउन सकिन्छ। एप डा.अञ्जनी झा, डा. बासुदेव पाण्डे, डा. अनिलविक्रम कार्की, र डा अशेष ढुंगानाले चिकित्सकीय विशेषज्ञ परामर्शमा निर्माण गरिएको प्रवक्ता शर्माले बताए ।

0 comments: