मेरा बुबा र आमा १४ बर्षअघि बेल्जियम जानु भएको हो । त्यति बेला
म सानै थिएँ । गाउँमै पढ्न थालेकोले हजुरबुबा हजुरआमासँगै बसें । मेरा भाइ
र बहिनी बेल्जियममै जन्मिए । बेलाबेला बुबाआमा नेपाल आउनुहुन्थ्यो अनि
फर्किनुहुन्थ्यो । मलाई बुबाआमा फर्केपछि नरमाइलो लाग्थ्यो । मलाई पनि आफ्ना बुबाआमा भएको ठाउँमा जान मन थियो। घुम्न जाने भनेर
बुबाआमाले पनि भनिरहनु भएको थियो। तर समे मिलेको थिएन। माघको तेस्रो साता
त्यो मौका मिल्यो।
बुबाआमाले भिसा मिलाइदिनुभयो। म बेल्जियम गएँ। बिकसित देश, नौलो ठाउँ, बुबाआमा र भाइबहिनीसँग भेट्ने रहर पूरा भएकोमा म निकै खुसी थिएँ।
मलाई लामो समय बस्न मन थियो। त्यसैले बीचमा बुबा नेपाल आउँदा पनि म आइत। साढे दुइ महिना बसें। वैशाख पहिलो साता परीक्षा सुरु हुने भएकाले आउनुपर्ने भयो। व्यवस्थापन बिषय पढेकोले अध्ययनमा समय धेरै दिनुपर्ने ठानेर घर फर्कने योजनामा थिएँ।
म फर्किने बेलासम्म चीन र युरोपका धेरै देशमा कोरोनाको त्रास फैलिइरहेको थाहा पाएकी थिएँ। तर, घरपरिवार सुरक्षित थियौं। बाहिरी व्यक्तिहरुसँग सम्पर्क नगरेपछि सर्दैन भन्ने लागेको थियो। त्यसैले आफैंलाई लाग्ला भन्ने सोच्दै सोचिएको थिएन।
परीक्षाको तयारीका लागि आउनु पर्ने भएकाले आमाले टिकट किनिदिनुभयो। चैत ४ गते कतारको दोहा हुँदै काठमाडौं आउने टिकट थियो। आफन्त पर्ने मनकुमारी पौडेल पनि सँगै भएकोले साथी पनि भइयो।
काठमाडौं आएपछि लिन आउनु भएका आफन्तसँग सोझै अर्को प्लेनमा हामी दुवै पोखरा आयौं। पोखराबाट जिप चढेर घर पुगें। त्यतिञ्जेल कोरोनाको कुनै शंका थिएन। यो कुरा मनमा पनि आएको थिएन।
घरमा आएपछि बिदेशको अनुभव छिमेकीलाई सुनाएँ। परीक्षाका लागि सामान्य तयारीमा जुटें। आएको एकदुई दिनपछि हल्का रुघाखोकी र ज्वरो देखियो। मेरो परिवारका सदस्य पनि स्वास्थ्यकर्मी हुनुहुन्छ। सामान्य रुघाखोकीलाई तातोपानी खाएर पनि निको हुने सल्लाह दिनुभयो।
त्यसैबेला नेपालमा पनि कोरोना संक्रमण भएको थाहा भयो। हामी आएकै जहाजमा चढेकी युवतीलाई संक्रमणको पुष्टि भएपछि त्यो जहाजमा आउनेको खोजी सुरु भएछ। मलाई पनि हल्का ज्वरो र रुघाखोकी आएकोले धौलागिरी अञ्चल अस्पतालबाट डाक्टरको टोली चैत १२ गते आएर स्वाब लिनु भयो।
घरमै बसेकी थिएँ, चैत १५ गते शनिबार कोरोना पोजिटिभ भएको सूचना आयो। मलाई त बेस्सरी रुन मन लाग्यो। स्वास्थ्यकर्मीहरु राति घरमै आउनु भयो। एम्बुलेन्स चढेर अस्पताल आएँ।
अस्पतालको आइसोलेसन कक्षमा राखियो। कोही भेट नहुने एक्लो कोठामा बस्दा साह्रै नरमाइलो लाग्यो। मोबाइल नभएको भए त म कसरी बस्थें होला? मोबाइल चलाएर धेरै समय कटाएँ। अस्पतालमा बस्दा मलाई कसरी कोरोना लाग्यो होला भनेर निकै सोचविचार गरें। मेरो अनुमानमा जहाजमा एउटै शौचालय र जहाजका सामाग्री प्रयोग गरेको कारण संक्रमण भएको हुनसक्छ। त्यो जहाजमा भएका संक्रमितले प्रयोग गरेका शौचालय र सामग्रीबाट अरुलाई पनि सरेको जस्तो लाग्यो। मसँगै आउनु भएकी मनकुमारी हजुरआमालाई पनि भयो नि त।
अस्पतालमा बस्दा बेलाबेलामा डाक्टर र नर्सहरु पीपीई लगाएर आउनु हुन्थ्यो। ज्वरो, प्रेसर र अन्य परीक्षण गरेर जानुहुन्थ्यो। एउटै पोशाक भएकोले डाक्टर हो की नर्स हो पत्तै पाइन्नथ्यो। धेरै बोल्नुहुन्नथ्यो। स्वाब निकाल्न आएपछि अब त सञ्चो होलाकी भन्थें। तर, पटकपटक पठाएको स्वाब पोजिटिभ हुन्थ्यो।
रिर्पोट पोजिटिभ आएको दिन आमालाई फोन गरेर रुन्थें। आमाले सम्झाउनु हुन्थ्यो। डाक्टर र नर्सहरुले पनि पटकपटक मलाई ‘तिमी ठीक हुन्छ्यौं, तिम्रो स्वास्थ्य राम्रो छ, रिपोर्ट मात्र पोजिटिभ आएको हो, पक्कै नेगेटिभ आउँछ’ भनेपछि अलि ढुक्क हुन्थें।
बेलाबेलामा पत्रकार, छिमेकी र बुबाले फोन गरेपछि अली खुशी लाग्थ्यो। अर्को कोठामा बस्नु भएकी मनकुमारी हजुरआमाले दैनिक ३ देखि ४ लीटर तातोपानी पिएकोले छिटो निको भएको थाहा भयो। मैले पनि केही दिनपछि धेरै तातोपानी पिउन थालें।
पहिला मोटो भइन्छ भनेर मैले थोरै खान्थें। बिस्तारै दालभात पनि धेरै खाएँ। अण्डा र दूध दैनिक खाएँ। दुइपटक मासु पनि खाएँ। यस्तो बेला मन ढुक्क बनाउनु पर्ने रहेछ। खानामा पौष्टिक तत्व बढी खाने गर्नुपर्ने रहेछ। अहिले त मोटाएकी छु। जतिबेला पनि आत्तिने बानी थियो। डाक्टरले सम्झाएपछि ढुक्क हुन थालें। यस्तोबेलामा धेरै मानिसको माया र भरोसा चाहिने रहेछ। सबैले फोन गरेर नआत्तिन भन्न थालेपछि मलाई चासो दिने धेरै रहेछन् भन्ने लाग्यो। मन आत्तिन छोड्यो।
चौथोपटकको स्वाब पोजेटिभ आउँदा बढी नै रोएँ। नर्सहरु आएर धेरैबेर सम्झाउनु भयो। पाँचौपटकको स्वाब नेगेटिभ आएपछि भने मनमा उमङ्ग आयो। धेरै खुसी भएँ। आमालाई फोन गरेर बताएँ। उहाँ पनि खुसी हुनुभयो।
मेरो बारेमा समाचारहरु आएको घरपरिवारले जानकारी दिएपछि अब मैले कोरोना जित्ने भएँ भन्ने लाग्यो। शुक्रवार अबेरसम्म रिर्पोट नआएपछि फेरि बिग्रेछ क्यारे भन्ने लाग्यो। तर, बेलुकी ८ बजेमात्र नेगेटिभ आएको थाहा पाएँ। त्यसपछि मलाई नुहाउन भनियो। नुहाएपछि २८ दिनसम्म लगाएका लुगाहरु फालें। नयाँ कपडा फेरेपछि नर्सहरु लिन आउनु भयो।
बाहिर निस्कदा राति साढे ९ बजेको थियो। बत्ती बालेर झिलिमिली भएको। सबै मानिस लाइन लागेर ताली पिटेका। मलाई फूल दिनुभयो। खादा लगाएपछि पत्रकारहरुले फोटो खिच्नु भयो। मैले पनि अस्पतालमा बस्दा डाक्टर र नर्सले दिएको हौसला र मायाले रोगलाई जित्न सकेको बताएँ। अब डिस्चार्ज भएर घर फर्केकी छु। कोरोना संक्रमणबाट बच्न छिमेकी र साना भाइबैनीलाई सल्लाह दिन्छु। यस्तै अवस्था सँधै नहोला।

0 comments: