काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष
बाबुराम भट्टराईले सरकार देशको आर्थिक विकास भन्दा पनि पुँजीपतिहरूको
विकासमा केन्द्रित भएको आरोप लगाएका छन् ।भट्टराईले मुलुकको पुँजी केही व्यक्तिको अधिनमा रहेकाले आर्थिक विकास सुस्त गतिमा भएको पनि बताए। उनलेबैंकहरूमा देशकै अर्थतन्त्र बराबरको पुँजी जम्मा भएको तर त्यसको प्रयोग एक- दुई सय जनाले मात्र गरेकाले आर्थिक विकास नभएको बताए।पुँजीको पहुँच साना र मझौला व्यवसायीसम्म नपुगेसम्मआर्थिक विकास नहुनेसमेत उनले दाबी गरेका थिए। ‘अहिले नेपाली बैंकहरूमा झण्डै कूल गार्हस्थ उत्पादन बराबर ३३/३४ खर्ब रुपैयाँ पुँजी रहेको छ। तर, त्यसको प्रयोग कसले गरेको छ भने जम्मा सय-दुईसय ठूला घरानाहरूले। उनीहरूले ३३/३४ खर्ब रुपैयाँ प्रयोग गरिराखेका छन्,' भट्टराईले भने, 'जबकी यहाँ ५० औं लाख साना र मध्यम उद्योग व्यवसायीहरू छन्, उनीहरूले सामान्य बिउ पुँजीसमेत प्राप्त गर्न सकेका छैनन्। त्यसो भएको हुनाले सबैभन्दा पहिले हामीसँग उपलब्ध जुन पुँजी छ त्यसको ठीक ढंगले मुख्यतःसाना र मध्यम व्यवसायीहरूमा हामीले ठीक ढंगले वितरण गर्ने व्यवस्था हुनुपर्यो।’
प्रत्येक वर्ष रेमिट्यान्स ८ खर्ब आउने र त्यसको १० प्रतिशत सञ्चय हुने, बाँकी ९० प्रतिशत उपभोग गर्ने प्रकारको अर्थतन्त्र हुन नसक्ने भट्टराईलेबताए। उनले भने, ‘विदेशबाट श्रम बेचेर पैसा ल्यायौं, अनि विदेशकै सामान मगायौं। यहाँ खाएर फोहोर गर्ने मात्रै, विदेशमाचाहीँ श्रम बेच्ने। त्यसैले, कमाएकोपैसाले विदेशबाट वस्तु आयात गर्ने अनि यहाँ फोहोर गर्ने यस्तो अर्थतन्त्र हुनै सक्दैन।’
देशको अर्थतन्त्रको विकासका लागि राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्नुपर्नेमा भट्टराईले जोड दिए। उनले राष्ट्रिय औद्योगिक पुँजीको विकास गरी समाजवादको लक्ष्य प्राप्त गर्ने दिशामा जानुपर्ने बताए। आर्थिक विकास गर्ने अवसर सरकारसँग भएपनि काम नगर्दा पछिल्ला दुई वर्ष खेर गएको उनले बताए। कछुवा गतिको आर्थिक विकास जहिलेपनि हुने बताउँदै तीव्र गतिको आर्थिक विकासका लागि सरकार असफल भएको उनको भनाइ थियो।
नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको घोषणा कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै भट्टराईले सरकारका कारण देशभित्र रहेकोपुँजी केही पुँजीपतिहरूको अधिनमा रहेको बताए।
0 comments: