पाथीभरा गोल्डकपको उद्घाटन खेलमा इलाम र ताप्लेजुङ भिड्ने

ताप्लेजुङ सदरमुकाम फुङलिङमा आज बिहीवारदेखि चौथो पाथीभरा गोल्डकप सुरू हुँदै छ। पूर्वमा बहुप्रतिक्षित मानिने पाथीभरा गोल्डकप प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले जनाएको छ । प्रतियोगिताका लागि खेल मैदानमा प्याराफिट निर्माणलगायतका कार्य पूरा भएको छ ।प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न उप समितिहरु गठन गरिएको छ भने प्रचार–प्रसारको कार्यलाई समेत तिब्र बनाईएको छ । प्रतियोगिताको आज १ बजे उद्घाटन गरिने आयोजकका अध्यक्ष नारायण थापाले बताए। सदरमुकाम फुङलिङ स्थित भानुजन माविको खेल मैदानमा हुने प्रतियोगितामा यूकेएफसि दार्जेलिङ भारतको समेत गरि १० टिमको सहभागिता जनाउने छन् ।
पहिलो खेलमा पोमु केछाङ ताप्लेजुङ र रेडहर्ष क्लब इलामबीच प्रतिस्पर्धा हुने छ । भदौ ६ गते सम्पन्न हुने प्रतियोगितामा यूके एफसी दार्जेलिङ, गोर्खा स्पोर्टिङ क्लब दमक, एलाभेन एरोज सुनसरी, रेडस्टार क्लब झापा, डाँगीहाट क्लब मोरङ, फिदिम स्पोर्टिङ पाँचथर, बेलबारी फुटबल क्लब, रेडहर्ष ईलाम, ताप्लेजुङ ११ आयोजक र पोमु केछाङ ताप्लेजुङ सहभागी छन् ।
पाथीभराको प्रचार–प्रसार गर्दै जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्धेश्यले उक्त प्रतियोगिताको आयोजना गरिदै आएको छ। विस.२०२९ सालदेखि निरन्तर लाखेजात्राका अवसरमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । २०७२ साल सम्म कञ्चनजंघा च्यालेञ्ज रनिङकप भनेर खेलाईदै आएकोमा त्यस पछि भने पाथीभराको प्रचार–प्रसार गर्ने उद्देश्यसहित पाथीभरा गोल्डकप बनाइएको हो।

सेयर गर्नुस्

0 comments: